arrow

बन्दरगाहमा थन्किए १७ सय ५० बढी कन्टेनर 

logo
प्रकाशित २०७५ जेठ १८ शुक्रबार
seaport.jpg

पर्सा। तेस्रो मुलुक मालवस्तु आयात–निर्यातका लागि सर्वाधिक उपयोग हुँदै आएको वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाह तथा भारतको कोलकाता बन्दरगाहमा कन्टेनर थन्किने समस्या बढदो छ। तेस्रो मुलुकबाट कोलकाता हुँदै वीरगन्ज आई मालवाहक कन्टेनर तथा वीरगन्जबाट कोलकाता हुँदै तेस्रो मुलुक जाने खाली तथा मालवाहक कन्टेनर यसरी वीरगन्ज र कोलकातामा ठूलो परिमाणमा थन्किएका हुन्।

सोमबार वीरगन्ज आउने ९ सय ७० मालवाहक कन्टेनर कोलकाता बन्दरगाहमा अडकिएर बसेका छन्। यसबाहेक कोलकाताकै माजरहार्ट टर्मिनलमा पनि ६० मालवाहक कन्टेनर रहेका छन्।

सोमबार वीरगन्ज सुक्खा बन्दरगाहमा ५ सय ५४ मालवाहक र २ सय ४ खाली कन्टेनर थन्किएका छन्। हाल बन्दरगाहको यार्ड मालवाहक र खाली कन्टेनरले भरिएका छन्। यसबाहेक कोलकाता तथा विशाखापट्टनम बन्दरगाहबाट वीरगन्जका लागि हिँडेका ११ कन्टेनरवाहक रेलवे र्‍याक बाटोमै रहेका छन् । थप २ वटा बोरा बन्द कार्गो बोकेका बीसीएन र ४ वटा फलाम बोकेका बीआरएन र्‍याक पनि बाटोमै छन्। (कान्तिपुर दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ