arrow

सगुन नेपाल, भारत र अमेरिकालाई जोड्ने सेतु बन्न सक्छ : राजदूत कार्की (भिडियो सहित)

सगुनको सेयरमा लगानी गर्ने समय जुन १५ सम्म मात्रै

logo
प्रकाशित २०७५ जेठ १८ शुक्रबार
arjun-karki-sagoon.png

काठमाडौं ।  सोसियल इकमर्स साइट सगुन नेपाल, भारत र अमेरिकालाई जोड्ने सेतु हुनसक्ने अमेरिकाका लागि नेपाली राजदूत अर्जुन कार्कीले बताएका छन् । अमेरिकामा नेपालीले डेभलप गरेको सगुनले प्रयोगकर्तालाई आकर्षित गरिरहेका बेला राजदूत कार्कीले एक बिशेष अन्तर्वार्तामा यस्तो बताएका हुन् ।

राइज एन्ड साइन कार्यक्रमलाई अन्तर्वार्ता दिँदै कार्कीले सगुनले विश्वलाई नजिक्याउनुअघि यी तीनवटा मुलुकलाई जोड्ने पुलको काम सगुनले गर्न सक्ने बताए । ‘हामी के गरिरहेका छौं भनेर स्पष्ट हुनु पर्छ , उनले भने, हाम्रो सामुहिक फाइदा केके हुनेछन् ? यसमा चुनौती र सीमाहरु के छन् भन्ने कुरा पहिल्यै परिभाषित हुनु पर्छ । यसो भए सगुनले संसारलाई जोड्ने छ ।

राजदूत कार्कीले पछिल्लो समय विश्वमा आइटी कम्पनीहरुले आर्थिक क्रान्तिको नेतृत्व गरिरहेको बताए । ‘अहिलेका लिडिङ कम्पनीहरु कुनै समय स्टार्ट अपकै परिवेशबाट अगाडि बढेका थिए, उनले भने, भोलि सगुनले ती कम्पनीहरुको स्थान नलेला भन्न सकिन्न ।
 
आफूले प्रधानमन्त्री केपी ओलीसँगै सगुनका संस्थापक गोविन्द गिरी लगायतलाई सगुन स्थापना गरेकामा बधाइ दिएको सम्झँदै राजदूत कार्कीले केही समय लागे पनि सगुनले एक दिन विजय हासिल गर्ने आफूलाई विश्वास भएको बताए ।
‘सगुनको टिमले दक्षिण एशियाबाट विश्वब्यापी रुपमा विस्तार हुने सोसियल इकमर्स कम्पनी स्थापना गरेको छ, उनले भने, म यसलाई कहिल्यै बाटोमै नछाड्न यसका संस्थापकहरुलाई आग्रह गर्दछु । उनले सामुहिक हितमा सगुनले भूमिका निर्वाह गर्ने बताउँदै नेपाल, भारतलगायत दक्षिण एशिया क्षेत्रले एक दिन गर्व गर्ने अबस्था आउने ठोकुवा गरे । बिश्वभर छरिएका नेपालीहरुले सगुनलाई सकेको सहयोग गर्नु पर्ने समेत बताएका छन् ।

प्रयोगकर्ताहरु बढाउँदै लगेको तथा ठुला लगानीकर्ता हिन्दुस्तान टाइम्स लगायतले समेत लगानी गरेपछि विश्वको ध्यान सगुन तिर तानिएको छ । सगुनका युजर २३ लाख नाघेको छन । सगुन नेपाल, भारतलगायत दक्षिण एशिया क्षेत्रमा आर्थिक स्थायित्व स्थापनाको जग हुनसक्ने राजदूत कार्कीको भनाइ छ ।

सगुनले अमेरिकन सरकारको रेगुलेशन ए प्लस अन्तर्गत रहेर विश्व बजारबाट मिनी आइपिओ जारी गरी लगानी उठाइरहेको छ । लगानी गर्न अवको दुई हप्ता अर्थात जुनको दोस्रो साता सम्ममा सेयर खरिद गर्न सकिने छ । बिश्वभरबाट www.sagoon.com/invest मा गएर डेबिट/केडिट कार्डबाट लगानी गर्न सकिनेछ । बैक खाताबाट पनि वायर गरेर लगानी गर्न सकिने कम्पनीले जनाएको छ ।

 नेपाल भित्रबाट बिदेशी कम्पनीमा लगानी गर्ने कानुन नबनेकोले लगानी गर्न सकिदैन तर बिश्व भर बस्ने बैक खाता भएका नेपालीहरुको लागि भने कम्पनीमा लगानी गर्ने यसलाई अवसरको रुपमा हेरिएको छ  । लगानी कर्ताले प्रति सेयर २३ डलरका दरले कम्तिमा एक हजार डलर लगानी गर्नु पर्नेछ । बढीमा बार्षिक आम्दानीको दश प्रतिशतसम्म लगानी गर्न सक्नेछन् । भबिश्यमा संभावना बोकेका कम्पनीहरुलाई लामो कानुनी पक्रिया पुर्याएर पछि अमेरिकी  कानुन अनुसार लगानी जुटाउन सगुनले मिनी आइपिओ ल्याएको हो । यस्तो पक्रिया पुर्याएर लगानी जुटाउने आइटी कम्पनीमा सगुन एसियाकै पहिलो कम्पनी भएको दावी गरिएको छ । यसका फाउन्डर नेपालीमूलका गोबिन्द गिरी हुन् ।    

यो चरणको लगानी सकिएपछि सगुनको नयाँ भ्यालुएसन बाहिर आउनेछ । प्रयोगकर्ता र लगानीकर्ता बढ्नुका साथै एन्ड्रोइड प्लेटफर्ममा एपसमेत सार्बजनिक भइसकेकाले सगुनको भ्यालुएसन निकै बृद्धि हुने निश्चित प्राय: छ । यति कम मूल्यमा उदाउँदो आइटी स्टार्ट अप कम्पनीमा लगानी गर्ने अबसर कमै आउने विज्ञहरु बताउँछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ