arrow

सलमान खानका भाइ अरवाज पक्राउ

logo
प्रकाशित २०७५ जेठ १९ शनिबार
Arbaaz-Khan.jpg

काठमाडौं। बलिउड अभिनेता सलमान खानका भाई तथा फिल्म निर्माता अरबाज खान पक्राउ परेका छन्। आइपीएलको सट्टेबाजी प्रकरणमा मुछिएका अरवाजलाई प्रहरीले सोधपुछका लागि प्रहरी कार्यालय झिकाएको हो।

शुक्रबार बिहान अरबाजको बान्द्रास्थित निवासमा प्रहरीले नोटिस पठाए पछि उनी बयान दिन मुम्वइस्थित ठाने प्रहरी कार्यालय पुगेका थिए। सो नोटिसमा मुम्बईका सट्टेबाजहरुको र्‍याकेटमा अरवाज पनि सम्वन्धित देखिएको उल्लेख गरिएको थियो।

भारतीय सञ्चारमाध्यमका अनुसार अरवाजले भारतका सबैभन्दा कुख्यात सट्टेबाज सोनु जलान मार्फत पैसा लगाएको प्रहरीको आशंका छ। सोहि प्रकरणमा उनलाई प्रहरीले सोधपुछ गरेको हो। 

गत १५ मेमा एक सट्टेवाज गिरोहका चार जना गिरफ्तार भएपछि यो प्रकरणको खुलासा भएको थियो। अरबाजमाथि लागेको आरोप प्रमाणित भएमा उनले जेल जानुपर्ने पक्वा छ।

यसअघी सट्टेवाजीमा संलग्न भएको आरोपमा सिल्पा सेट्टी र उनका पती राज कुन्द्रा पनि कार्वाहीमा परेका थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ