arrow

माथागढी कप फुटवलको उपाधि डाडाडुमलाई

logo
 रामचन्द्र रायमाझी
प्रकाशित २०७५ जेठ २० आइतबार
34137597_1.jpg

 पाल्पा । जिल्लाको माथागढीमा सञ्चालन भएको प्रथम माथागढी कप फुटवल प्रतियोगिताको उपाधि डाडाडुम फुटवल क्लव तानपा ९ डाडाडुमले उपाधि प्राप्त गरेको छ । 

शनिबार माथागढी ३ सराई खेलमैदानमा सञ्चालन भएको फाइनल खेलमा डाडाडुमले सराई युवा क्लवलाई १–० गोलले हराउँदै उपाधि प्राप्त गरेको हो । जेठ ११ गतेदेखि सञ्चालन भएको प्रतियोगीतामा १६ टिमको सहभागिता रहेको थियो । 

खेल प्रतियोगीता माथागढी गाउँपालिकाको आर्थिक सहयोग र सराई युवा क्लव माथागढी ३ सराईको आयोजनामा भएको थियो । 

खेल समापनमा बोल्दै प्रमुख अतिथि तथा गापाका अध्यक्ष सन्तोष थापा मगरले गाउँपालिकालाई खेल क्षेत्रको विकासका रुपमा विस्तार गर्न खेल प्रतियोगीताले टेवा मिल्ने बताए । 

कार्यक्रममा गापाकाकी उपाध्यक्ष निर्मला भट्टराई, वडा ३ का वडा अध्यक्ष दिपक थापा, १ का वाडा अध्यक्ष शिवा घिमिरे, कार्यपालिका सदस्य तारा रसाइली, युवा समाजसेवी पदम राना, होमनाथ आले लगायतले खेलकुदले जीवनका हरेक गतिबिधिलाई सवल र शसक्त बनाउदै लैजाने बताए । 

खेल प्रतियोगितामा प्रथम टिमलाई रु ७० हजार, प्रमाण पत्र ,कप शिल्ड र दोस्रो हुने टिमलाई ४० हजार, कप, प्रमाण पत्रले गापाका अध्यक्ष थापाले सम्मान गरेका थिए । कार्यक्रम क्लवका अध्यक्ष खुम बहादुर गाहाको अध्यक्षता र सञ्चालन ओमसेन सुनारले गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ