arrow

प्रचण्डविरुद्ध महराको यस्तो गुनासो 

logo
प्रकाशित २०७५ जेठ २० आइतबार
prachanda-mahara.jpg

काठमाडौं । नेपालको राजनीतिमा अत्यन्तै चतुर र धूर्त मानिने व्यक्ति हुन् पुष्पकमल दाहाल प्रचण्ड । उनको त्यही चतुर्याइँका कारण उनीसँग उनका विश्वास पात्रहरू क्रमशः टाढा हुँदै गएका छन् । त्यतिमात्र होइन प्रचण्डको आफन्तमोह पनि विश्वासपात्र टाढिने अर्को कारण हो । 

कुनै समय आफूलाई प्रचण्डमा समाहित गरेको भन्ने डा.बाबुराम भट्टराईदेखि राजनीति गुरु मोहन वैद्य र सबैभन्दा विश्वासिला लडाकु नेत्रविक्रम चन्द पनि प्रचण्डको परिवार मोहका कारण टाढिएको तथ्य सर्वविदितै छ । पछिल्लो समयमा पनि प्रचण्डका विश्वासपात्र वर्षमान पुन पनि पूर्ण रूपमा सन्तुष्ट छैनन् । प्रचण्डको परिवार मोहका विरुद्धमा उनका अर्का विश्वासपात्रले पनि असन्तुष्टि देखाउन थालेका छन् । 

प्रचण्डका सबैभन्दा विश्वासपात्रका रूपमा चिनिने प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा पनि प्रचण्डको परिवार मोहका कारण असन्तुष्ट बनेका छन् । अहिले महरा असन्तुष्ट बन्ने कारण भनेको उनको प्रमुख स्वकीय सचिव नियुक्ति हो । कृष्णबहादुर महरा उनी चुनावी मैदानमा उत्रिएको जिल्ला दाङ निवासी माओवादी नेता पोष्टबहादुर बोगटीका जेठा ज्वाईं निर्मल आचार्यलाई नियुक्त गर्न चाहन्थे तर प्रचण्डले उनलाई छोडेर आफ्नै छोरीज्वाईं सागर केसीलाई सभामुखको प्रमुख स्वकीय सचिव नियुक्त गरे पछि असन्तुष्ट बनेका हुन् । केसी प्रचण्डकी जेठी छोरी ज्ञानु दाहालका श्रीमाने हुन् । ज्ञानुको भने निधन भइसकेको छ । 

हालैमात्र दाङका आफू निकटका कार्यकर्तासँगको भेटमा प्रचण्डको परिवारमोहप्रति असन्तुष्टि जनाए । उनले दाङका मान्छेलाई प्रचण्डका कारण सचिवालयमा समेट्न नसकेको भन्दै असन्तुष्टि जनाएका हुन् । महरासँगको भेटमा सहभागी दाङका एक नेताहरूको अनुसार महराले प्रचण्ड अचम्मको नेता भएको भन्दै उनी कहिले चिलजस्तो उड्ने त कहिले कुखुराजस्तो भएर रछ्यानमा पनि खोतल्ने गरेको गुनासो गरेका थिए । 

उनले आफू प्रचण्डसँग पौठाजोरी खेल्न नसक्ने पनि दाङका नेता कार्यकर्ताहरूसँग गुनासो गरेका थिए । उनले मोहन वैद्य, बाबुराम भट्टराईजस्ता नेताहरूले प्रचण्डसँग पौठाजोरी खेलेर सकिएको बादलले आत्मसमर्पण गरेकोसमेत नेता कार्यकर्तालाई सुनाएका थिए । 

महराले नेता कार्यकर्तालाई प्रचण्डको परिवार मोहले सीमा नाध्न लागेको समेत सुनाएका थिए । छोरीलाई भरतपुरको मेयर, बुहारीलाई मन्त्री अनि परिवारका सबैलाई नियुक्ति दिन लागेको गुनासो गरेका थिए । प्रचण्डकी छोरी रेणु दाहाल चितवनको मेयर भएकी छन् । 

धेरै सिनियरहरूलाई पाखा लगाउँदै बुहारी बिना मगरलाई मन्त्री बनाएका छन् । बुहारी बिनाको सचिवालयमा मोरङबाट प्रदेशसभामा चुनाव हारेका छोरीज्वाईं जीवन आचार्यलाई नियुक्ति दिलाएका छन् । (देशान्तर साप्ताहिकबाट)
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ