arrow

अर्थमन्त्री कि वडाध्यक्ष ?     

logo
प्रकाशित २०७५ जेठ २० आइतबार
yubraj_1.jpg

काठमाडौं । तत्कालीन एमाले अध्यक्ष केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबाट राष्ट्रियसभा सदस्य बन्ने आशीर्वाद पाएपछि अर्थमन्त्री भएका युवराज खतिवडालाई आफ्नै पार्टीका सांसदहरूले झापाबाट वडाध्यक्ष जितेर देखाउन चुनौती दिएका छन् । अर्थमन्त्री भएदेखि विभिन्न क्षेत्रबाट आलोचनाका पात्र बन्दै आएका अर्थमन्त्री खतिवडालाई बजेटको विषयलाई लिएर नेकपाका सांसदहरूले वडाध्यक्ष जितेर आउन चुनौती दिएका हुन् । 

अर्थमन्त्री भएको दुई दिनमै सेयर लगानीकर्ताहरूको तारो बन्दै आएका अर्थमन्त्री खतिवडा श्वेतपत्र जारी गर्दा पनि उत्तिकै आलोचित भए । अहिले उनलाई बजेटको विषयमा चारैतिरबाट असक्षम अर्थमन्त्रीको उपनाम प्राप्त भइरहेको छ । 

उनले यसअघि सांसदले मागेअनुसार निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमका लागि रकम नदिएपछि टीका लगाएर अर्थमन्त्री भएका निर्वाचित सांसदहरूको मर्का बुझ्न नसकेको भन्दै आलोचना गरिरहेका छन् । निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको रकम १३ करोड पुर्याउन तीव्र लविङमा लागेको नेकपाका सांसदहरूलाई प्रधानमन्त्री ओलीले रकम दिन नसकिने जानकारी गराएका थिए । सांसदहरूले लविङ गरे पनि अर्थमन्त्रीले ससर्त ४ करोड दिएका छन् । यो रकम पनि सांसदले आफ्नो तजबिजी अनुसार खर्च गर्न सक्ने छैनन् । 
यस्तो रकमको दुरुपयोग भएको भन्दै सरकारले प्रत्येक सांसदले पाउँदै आएको निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम नै खारेज गर्ने तयारी गरेको थियो । 

सांसदहरूले यसअघि यस कार्यक्रमका लागि वार्षिक ३ करोड पाउँदै आएका थिए । सांसदहरूले पहिलेको रकम अपुग भएको भन्दै पहिलेको रकममा १० करोड थपेर १३ करोड प्रतिसांसदलाई दिनुपर्ने माग राख्दै आएका थिए । सांसदहरूको मागअनुसार १३ करोड रकम निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रममा दिँदा कुनै उपलब्धि हुने नदेखेपछि सरकारले बरु एउटै ठूलो आयोजनाका लागि रकम दिने भन्दै यो कार्यक्रम हटाउँदा विरोधको सामना गर्नुपर्ने भएपछि ४ करोड दिएको हो । अर्थ मन्त्रालयका अनुसार सांसदहरूलाई यस कार्यक्रम अन्र्तगत रकम दिँदा करिब ४२ अर्ब ४३ करोड जति लाग्नेछ । 

कार्यक्रम हटाउन अर्थमन्त्री खतिवडाले नै प्रधानमन्त्रीलाई समेत कन्भिन्स गरेका थिए । तर, सांसदहरूको रकम एकै पटक हटाउँदा जनतामा नकारात्मक असर पर्ने भन्दै तीन करोडमा एक करोड थपेर दिन सुझाव दिएका थिए । प्रधानमन्त्रीको सुझावले अहिले अर्थमन्त्री आफ्नै सांसदबाट इन्तु न चिन्तु भएका छन् । (देशान्तर साप्ताहिकबाट)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ