- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । रुस विश्वकप फुटबल सुरु हुन मात्र ११ दिन बाँकी छ । अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेल पनि धमाधम भइरहेका छन् ।
तर बेल्जियम र पोर्चुगललाई के भएको ? मैत्रिपूर्ण खेलमा दुवैले गोलरहित बराबरी खेले । बेल्जियमको मैदानमा भएको खेल गोलरहित बराबरीमा सकिएको हो ।
युरोपियन च्याम्पियन पोर्चुगलले न त कुनै चमत्कार देखाउन सक्यो न त घरेलु मैदानमा बेल्जियमले ।
विश्वकपमा बेल्जियम समुह जी मा रहेको छ । पोर्चुगल समुह बी मा रहेको छ । पार्चुगलले समुह चरणमा स्पेन, मोरक्को र इरानसंग खेल्नेछ ।