arrow

विश्वकप फुटबल उपाधिमा फ्रान्सको दाबेदारी, भरोसा युवा टोलीमा

logo
प्रकाशित २०७५ जेठ २० आइतबार
paul-france.jpg

काठमाडौं । यसपटकको रुस विश्वकप फुटबलको उपाधिको दाबेदार टोलीमध्येको फ्रान्स पनि एक हो । यो टोलीमा सबै खेलाडीहरु युवा रहेको कारण भने केही समस्या उत्पन्न हुनसक्ने आवाज उठेको छ । 

यसैबीच फ्रान्समा पूर्व फुटबलर विलियम्स ग्यालसले यसपटक फ्रान्सको युवा टोलीले उपाधि हासिल गर्ने विश्वास व्यक्त गरेका छन् । यद्यपि उनले पनि टोलीमा देखिएको नेतृत्वको विषयमा केही आशंका रहेको र यसले समस्या उत्पन्न गर्नसक्ने बताएका छन् । 

फ्रान्सको लागि अहिले पाउल पोग्वाको विषयमा देखिएको अन्योलता सबैभन्दा ठुलो समस्या रहेको ग्यालसले बताएका छन् । सन् २००६ मा फ्रान्स उपविजेता हुँदाका डिफेन्डरले आफ्नो मुलुकको टोलीले यो उपाधि हासिल गर्ने विश्वास पनि व्यक्त गरे । 

रुस विश्वकपमा फ्रान्सको युवा टोलीले उपाधिका लागि संघर्ष गरेको आफूले हेर्न चाहेको पनि ग्यालसले बताए । उनले फ्रान्सले विश्वकप जित्ने आफ्नो लक्ष्य बनाउँदै गर्दा अहिले निकै राम्रो फर्ममा रहेका स्पेन, जर्मनी, ब्राजिललगायतका टोलीहरुलाई विशेष ध्यानमा राखेर आफ्नो योजना बनाउनुपर्ने ग्यालसको भनाइ छ । 

उनले सबैले यसपटकको विश्वकपमा फ्रान्स सेमिफाइनलमा पुग्ने अपेक्षा गरेकोमा आफूले यसमा थप केही राम्रो प्रदर्शनको अपेक्षा गरेको बताए । यद्यपि बलिया टोलीहरुसँगको प्रतिस्पर्धामा भने टोली केही कमजोर देखिने गरेको उनले बताए ।
 
उनले २८ वर्ष नपुग्दासम्म नेतृत्वको विषयमा खासै राम्रो ज्ञान नहुने र त्यो भन्दा कम उमेरको मानिसबाट राम्रो नेतृत्वको अपेक्षा गर्न नसकिने बताए । अहिले फ्रान्सको टोलीमा सबै खेलाडीहरु २८ वर्षभन्दा कम उमेरको रहेको कारण नेतृत्वको विषयमा अन्योलता रहेको उनले स्पष्ट पारे । 

म्यानचेस्टर युनाइटेडका महत्वपूर्ण खेलाडी पाउल पोग्वाले यसपटक फ्रान्सको नेतृत्व सम्हाल्ने सम्भावना रहेको छ । उनले पछिल्लो समय केही राम्रो प्रदर्शन पनि गरिरहेका छन् । 

William Gallas believes France's young team will struggle to win the World Cup in Russia

The ex-Chelsea man (No 5) was ever-present when France were World Cup runners-up  in 2006

Gallas insists that he didn't start showing leadership qualities until the age of 28

The Manchester United midfielder has been touted as France's leader for the World Cup

Gallas believes France boss Didier Deschamps was right to axe Man United's Anthony Martial



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ