arrow

फेब्रुअरी २५ पछि पहिलो पटक नेयमार मैदानमा, भिडन्त क्रोएसियाविरुद्ध 

logo
प्रकाशित २०७५ जेठ २० आइतबार
neymar4.jpg

काठमाडौं । ब्राजिलका प्रमुख स्ट्राइकर नेयमारले लामो समयको चोटपछि आइतबारको रुस विश्वकप फुटबल अगाडिको वार्म अप खेलमा सहभागिता जनाउने भएका छन् । क्रोएसियाविरुद्धको वार्म–अप खेलका लागि ब्राजिलले नेयमारलाई पनि मैदानमा उतार्ने निर्णय गरेको हो । 

ब्राजिलका मुख्य प्रशिक्षकले आइतबारको खेलमा दोस्रो हाफमा उनलाई मैदानमा उतारिने जानकारी दिएका हुन् । विश्वका सबैभन्दा महँगा खेलाडी नेयमारले चोटको कारण फेब्रुअरी २५ यता कुनै पनि खेलमा सहभागिता जनाएका छैनन् । उनको खुट्टामा चोट लागेको कारण उनी मैदानभन्दा बाहिर रहन पुगेका हुन् । 

आइतबार हुने खेलको लागि शनिबार दिइएको जानकारीमा नेयमारले आफू सब्स्टिच्युट खेलाडीको रुपमा मैदानमा आउने बताएका हुन् । टाइटले दिएको जानकारीअनुसार लामो समयको चोटपछि मैदानमा फर्किन लागेका नेयमारलाई आगामी विश्वकपका लागि तयार राख्नका लागि मात्र खेलाइने भएकोले दोस्रो हाफमा मात्र मैदानमा उतारिने बताएका हुन् । 

अहिले पनि नेयमार चोटबाट मुक्त हुनेक्रममा रहेका छन् । अहिलेको अवस्थामा सबै खेलाडीहरुले निकै राम्रो प्रदर्शन गरिरहेको र आफूहरु पनि उनीहरुलाई राम्रो गर्नका लागि प्रेरित गरिरहेको टाइटले बताए । आइतबारको खेलमा कसको स्थानमा नेयमारले दोस्रो हाफमा मैदान प्रवेश गर्छन् भन्ने विवरण भने खुलाइएको छैन । 

आइतबारको खेलमा ब्राजिलको लागि ग्राबियल जेससले कप्तानीको भूमिका निर्वाह गर्नेछन् । टाइटले विश्वकपका खेलहरुमा पनि कप्तानीको भूमिका फरक फरक व्यक्तिले पाउने बताए । 

The Paris Saint-Germain star (right) jokes with Marcelo, Roberto Firmino and Paulinho

The Brazilian speaks with defender Miranda in training on Saturday at Anfield

Neymar has recovered from a fractured metatarsal he suffered on February 25

The Brazilian forward will be introduced as a half-time substitute on Sunday

The 25-year-old leaps to head the ball as he looks to prepare himself for the Croatia friendly

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ