- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । रुस विश्वकप फुटबल सुरु हुन १० दिन बाँकी रहँदा नेइमार फर्ममा फर्केका छन् । फेबु्रअरी २५ तारिखपछि पहिलो पटक मैदानमा उत्रिएका नेइमारले पहिलो खेलमै गोल गर्दै ब्राजिललाई फेरि विश्वकप दिलाउन सफल हुने आशा जगाएका छन् ।
क्रोएसिया विरुद्धको अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलमा ब्राजिलले आइतबार राति २–० को सुखद जित निकाल्यो ।
फ्रेन्च क्लव पीएसजीबाट खेल्दा घाइते भएपछि विश्वकपमा खेल्न नसक्ने हुन् कि भन्ने चिन्ता छाइरहेका बेला नेइमारले ६९ मिनेटमा गोल गरेर ब्राजिललाई अग्रता दिलाए ।
त्यसै इंगलिस क्लव लिभरपुलबाट व्यवसायीक खेल खेल्दै आएका रोबर्टो फर्मिन्होले इन्जुरी टाइममा गोल गर्दै ब्राजिललाई २–० ले जिताए ।
विश्वकपमा ब्राजिल समुह इ मा रहेको छ । ब्राजिलसंगै स्वीट्जरल्याण्ड, कोस्टारिका र सर्बिया रहेका छन् ।