arrow

भाटभटेनी अनलाइन डटकम अब इसेवा पसल डटकम

logo
हाम्रा कुरा
प्रकाशित २०७५ जेठ २१ सोमबार
eSewa-pasal-PR-Photo.jpg

काठमाडौं। नेपालको चर्चित अनलाइन सपिङ पोर्टल भाटभटेनी अनलाइन डटकमलाई एफवान सफ्ट ईन्टरनेशनल प्रालिले एक्वायर गरेको छ। सफट्वेयरको क्षेत्रमा ख्याति कमाएको एफवान सफ्ट कम्पनी नेपालका ठुला आइटी कम्पनी मध्येको एक हो। भाटभटेनी अनलाइन डटकम नेपालको चर्चित् अनलाइन सपिङ पोर्टल हो। 

विगत छ वर्षदेखि सञ्चालनमा आएको भाटभटेनी अनलाइन डटकमलाई अझ सशक्त र सबैको पहुँचमा पुर्याउने उद्देश्यसाथ एक्वायर गरेको एफवान सफ्ट ईन्टरनेशनलका अध्यक्ष विश्वास ढकालले बताए। उनले भने, ‘भाटभटेनी अनलाइनलाई डोमेन परिवर्तन गरेर हामी अब इसेवा पसल डटकममा सञ्चालन गर्छौं, त्यसमा हाम्रो प्राविधिक विज्ञतालाई प्रयोग गरेर अझ सरल र उत्कृष्ट बनाउँदै सबैको पहुँचमा पुर्याउँछौं। 

इसेवा पसल डटकमका सिइओ मनिस श्रेष्ठले एफवान सफ्टसँगको सहकार्यले अब अनलाइन सपिङको क्षेत्रमा आफुहरूले ठुलो फड्को मार्ने विश्वास व्यक्त गरे। उनले भने, ‘अबको भविष्य भनेकै अनलाइन सपिङको हो। एफवान सफ्टसँगको सहकार्यले हामी यसले धेरै अगाडी बढाउनेछौं। आउदाँ वर्षहरुमा हामी नेपालमा अनलाइन सपिङको परिभाषा परिवर्तन गर्ने उद्देश्यले काम गर्नेछौं, उनले भने। अब  इसेवा लगायत नेपालका अधिकांश बैंकका मोबाईल बैंकिङ र ईबैंकिङमार्फत् भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको छ।

साथै इसेवाबाट भुक्तानी गर्ने ग्राहकलाई विशेष छुटको व्यवस्था समेत गरिएको छ। इसेवा पसल डटकमले ग्राहकको सुविधालाई ध्यानमा राखि विभिन्न किसिमका छुट र अफर पनि सार्वजनिक गरेको छ। साथै कम्पनीले अधिकत्तम २४ घण्टा भित्र निशुल्क डेलिभरी गर्नेछ।

सन् २००४ बाट सञ्चालनमा आएको एफ वान सफ्टले वित्तिय क्षेत्रका सफट्वेयर निर्माण तथा उत्पादन गर्दै नेपाल लगायत विदेशी मुलुकमा विक्रीवितरण गर्दै आएको छ। नेपाल सरकारले नगद कारोबारलाई घटाएर डिजिटल कारोवारलाई प्रोत्साहन गर्ने नीति लिइरहका बेला एफ वान सफ्टले पनि यस अभियानलाई टेवा पुग्ने सफ्टवेयर निर्माण गर्दै आएको छ। कम्पनीले चार सयभन्दा बढीलाई रोजगारी प्रदान गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ