arrow

विश्वकपको वार्मअपमा के भयो सर्वियालाई ? 

logo
प्रकाशित २०७५ जेठ २२ मंगलबार
servia.jpg

काठमाडौं । रुस विश्वकप फुटबल सुरु हुन ९ दिनमात्र बाँकी छ । तर समूह इ मा रहेको सर्विया अझै तयार नभएजस्तो देखिएको छ । 

सर्वियाले सोमबार राति भएको अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलमा चिलीसंग १–० को हार बेहोरेको थियो । 

खेलको ८८ औं मिनेटमा चिलीका गुइलेर्मो मरिपानले गोल गरेका थिए । पहिलो वार्मअप खेलमै सर्वियाले हारको सामना गरेको हो । 

म्यानचेष्टर युनाइटेडका पूर्व खेलाडी एन्जेलो हेन्रिजले गोल गर्न चुकेका थिए । 

विश्वकपको समुह इ मा सर्वियाले ब्राजिल, स्वीट्जरल्याण्ड र कोस्टारिकाको सामना गर्नेछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ