arrow

रुस विश्वकपका लागि जर्मनीको टोली घोषणा

logo
प्रकाशित २०७५ जेठ २२ मंगलबार
germany-team-final.jpg

काठमाडौं । रुस विश्वकप फुटबलका लागि डिफेन्डिङ च्याम्पियन जर्मनीले अन्तिम टोलीको घोषणा गरेको छ । प्रशिक्षक जोकिम लोले अन्तिम २३ जनाको नाम सार्वजनिक गरेका हुन् । 

तर लोले इंगलिस क्लव म्यानचेस्टर सिटीका  ‘फिट एन्ड फाइन’ लेरोय सानेलाई समावेश नगर्दा अचम्मै पारेका छन् । 

साने अष्ट्रिया विरुद्धको मैत्रिपूर्ण खेलमा टिममा थिए । अष्ट्रिया विरुद्ध खेलेका निल्स पेटेरसन पनि अन्तिम टोलीमा अटेनन् । त्यसैगरी गोलकिपर बेर्न्ड लेनो र जोनाथन टाह पनि रुस जाने टोलीमा सामेल छैनन् ।

को को परे टिममा ?

गोलकिपर – म्यानुयल नोया, मार्क आन्द्रे टेर स्टेघन

डिफेन्डर – म्याट हमेल्स, जोसुवा किमिच, एन्टोनियो रुडिगर, निक्लास सुले, माथियास गिन्टर, जेरोम बोअ‍ेटाङ, मार्भिन प्लाटेनहार्ड्ट, जोनास हेक्टर

मिडफिल्डर तथा फरवार्ड – जुलियन ब्रान्ड्ट, जुलियन ड्राक्सलर, सामि खेडिरा, टोनी क्रुस, टिमो वेर्नर, इक्ले गुन्डोगन, मारियो गोमेज, लियोन गोरेट्जका, मेसुट ओजिल, थोमस मुलर, मार्को रोयस, सेबास्टियन रुडि



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ