arrow

विश्वकपका लागि पोर्चुगलको टोलीमा फर्किए क्रिस्टियानो रोनाल्डो 

logo
प्रकाशित २०७५ जेठ २२ मंगलबार
ronaldo17.jpg

काठमाडौं । पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डो स्पेनिस क्लव रियाल मड्रिडलाई उपाधि जिताएसँगै पहिलोपटक पोर्चुगलको टोलीमा समावेश भएका छन् । उनले सोमबारबाट पोर्चुगलको टोलीमा आफ्नो अभ्यास सुरु गरेका हुन् । 

च्याम्पियन्स लिगमा जित हासिल गरेसँगै गएको एक साता उनी आफ्नी प्रेमिकासँग घुम्न गएका थिए । ३३ वर्षीय खेलाडीले आफ्नो चौथो विश्वकपका लागि सोमबारबाट अभ्यासको सुरु गरेका हुन् । 

रुसको लिस्बेनमा हुने अल्जेरियासँगको मैत्रीपूर्ण खेलमा भने उनी सहभागी हुनेछन् । इंगलिस क्लव लिभरपुलसँगको खेलमा जित हासिल गर्दै रियाल मड्रिडलाई च्याम्पियन्स लिगको उपाधि जिताएपछि रोनाल्डो केही समय बिदामा बसेका थिए । 

विहीबार पोर्चुगलले अल्जेरियासँग खेल्दैछ । रोनाल्डोले यसअघिका दुई मैत्रीपूर्ण खेलहरु भने गुमाएका थिए । पोर्चुगलले आफ्नो दुवै खेल बराबरीमा सकाएको थियो । जसको कारण पोर्चुगलको टोलीका लागि प्रदर्शनमा सुधार ल्याउनुपर्ने जरुरी रहेको विश्लेषकहरुले बताइसकेका छन् । 

यसपटकको विश्वकपमा पोर्चुगलले आफ्नो पहिलो खेल बलियो टोली स्पेनसँग खेल्नेछ । समुह बी मा रहेको पोर्चुगलले समुहका बाँकी खेलहरु मोरोक्को र इरानसँग खेल्नेछ । 

Cristiano Ronaldo was all smiles after joining up with his Portugal team-mates for training

Portugal defender Raphael Guerreiro (R) takes part in training as they gear up for the final friendly before the World Cup finals in Russia

Bernardo Silva plays head tennis during Portugal's training session

Pepe (C) talks with team-mates as they limber up for their training session on Monday

The Portuguese talisman will likely play a part in the friendly game with Algeria on Thursday 

Ronaldo even took the time to sign some autographs for young fans before training on Monday

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ