arrow

रुस विश्वकप फुटबलको टिकट अनधिकृत बिक्री गरिएको फेला, मुद्दा पर्यो  

logo
प्रकाशित २०७५ जेठ २३ बुधबार
russia-2018.png

काठमाडौं । विश्व फुटबलको सर्वोच्च संस्था फिफाले तोकिएको मूल्यभन्दा बढीमा अनधिकृतरुपमा टिकट बिक्री गरेको आरोपमा भियागोगोमाथि आपराधिक मुद्दा दायर गरेको छ । 

सो कम्पनीले विना अनुमति अनलाइनबाट टिकट बिक्री गरिरहेको पाइएको हो । फिफाले सो कम्पनीको विरुद्धमा स्विट्जरल्याण्डमा मुद्दा दर्ता गराएको हो । 

सोमबार बसेको फिफाको बैठकले भियागोगो कम्पनीमाथि यस किसिमको मुद्दा दायर गर्ने निर्णय गरेको हो । 

फिफाले विश्वकप पूर्णरुपमा पारदर्शी बनाउनका लागि यस किसिमको कार्य गर्नेमाथि कडा कारबाही गरिने बताएको छ । त्यसका साथै फ्यानहरुको सुरक्षाको लागि पनि यसमा विशेष ध्यान दिनुपर्ने जरुरी रहेको फिफाले बताएको छ । 

फिफाले भियागोगोबाट टिकट खरिद गरेका फ्यानहरुलाई स्टेडियममा प्रवेश गर्न नदिने पनि बताएको छ । फिफाले आधिकारिक रुपमा इजाजत पाएका प्लेटफर्महरुबाट मात्र टिकट खरिद गर्नको लागि फ्यानहरुलाई पनि आग्रह गरेको छ । 

जुन १४ मा हुने खेलको लागि भियागोगोले मंगलबारसम्म पनि टिकट बिक्री गरिरहेको बताइएको छ । उसले एक सय ६५ पाउण्ड पर्ने टिकटलाई तीन सय ६० पाउण्डसम्ममा बिक्री गर्ने गरेको देखिएको हो । बेलायती कम्पनीले यस विषयमा कुनै प्रतिक्रिया भने दिएको छैन ।

 

भियागोगोले यसअघि पनि विभिन्न किसिमको खेलहरुको लागि टिकट बिक्रीको काम गर्दै आएको थियो ।  फिफाको कुनै पनि नियमलाई उलंघन गरेको पाइएमा दुई लाख ५० हजार युरोसम्मको जरिवाना र छ महिनासम्मको प्रतिबन्ध हुनेसक्ने व्यवस्था छ । 

FIFA has filed a criminal complaint against Viagogo in its war on unauthorized World Cup sales

Tickets for the World Cup opener at the Luzhniki Stadium were almost £200 more on Viagogo

FIFA's efforts to fight unauthorized ticket sellers requires host nations to enact new laws



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ