arrow

सिँगापुरको यो टापुमा हुँदैछ गोर्खा सुरक्षाबीच ट्रम्प–किम वार्ता 

logo
प्रकाशित २०७५ जेठ २३ बुधबार
singapore-hotel.jpg

काठमाडौं । अत्यधिक चासोका साथ हेरिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र किम जोन उनबीचको वार्ता सिँगापुरको सेन्तोसा टापुको एक होटलमा हुने भएको छ । अमेरिकाको राष्ट्रपति कार्यालयले मंगलबार यस्तो जानकारी दिएको हो । 

जुन १२ मा हुने यो प्रतियोगिताको स्थान होटलको विषयमा जानकारी दिइएको भए पनि यस विषयमा अझै धेरै विवरणहरु खुलाइएको छैन ।

अमेरिकी राष्ट्रपति र उत्तर कोरियन नेताको बीचमा हुन लागेको यो पहिलो बैठक हो । मंगलबार ट्रम्पले यो बैठकको तयारी निकै सही गतिमा अघि बढिरहेको जानकारी दिएका छन् । 

यो बैठकभन्दा पनि पहिले भइरहेको विभिन्न किसिमको वार्ताहरुको कारण दुई मुलुकहरुको सम्बन्धमा उल्लेख्य सुधार आएको उनले बताएका छन् । 

अहिले सम्मेलन हुन गइरहेको टापु सिँगापुरमा रहेका ६३ विभिन्न टापुहरुमध्येको एक हो । यो टापु निकै विलासीहरु रिसोर्टहरु रहेको टापु मानिन्छ । यद्यपि यो टापुको इतिहास भने राम्रो छैन । 

खराब इतिहासको बाबजुद सान्तोसा टापु निकै सुरक्षित रहेको मानिन्छ । जसको कारण यो सम्मेलन पनि सोही टापुका लागि तोकिएको हो । 

यो सम्मेलनको सुरक्षा सिँगापुरमा रहेका नेपाली गोर्खा सैनिकले दिनेछन् । यो समाचार पनि पढ्नुस् ट्रम्प–किम सम्मेलनको सुरक्षा गोर्खाली सेनाले दिने

General view of Sentosa Island on June 2, 2018 in Singapore.

General view of Sentosa Island on June 2, 2018 in Singapore.

Boats and yachts berth at the ONE¡15 Marina Club in Sentosa on November 29, 2013 in Singapore

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ