arrow

यसरी हुँदैछ प्लस टु अफ द ईयर २०१८ 

logo
प्रकाशित २०७५ जेठ २४ बिहिबार

चितवन । टप वान मिडिया प्रालि चितवनको आयोजनामा ‘चितवन प्लस टु अफ द ईयर २०१८’ हुने भएको छ । यस सौन्दर्य प्रतियोगितामा भबिष्यमा राष्ट्रिय स्तरमा हुने विभिन्न प्रतिस्र्पामा प्रतिनिधित्व गराउने उदेश्यले यस प्रतियोगिता गर्न लागिएको टप वान मिडिया प्रालिको प्रबन्ध निर्देशक रब्स सापकोटा बताउछन् ।  

टप वान मिडिया प्रालिले आयोजना गर्न लागेको यस सौन्दर्य प्रतियोगितामा भाग लिन इच्छुक महिला तथा पुरुष प्रतियोगीहरुले अहिले धमाधम फर्म वितरण भईरहेको छ ।

प्रतियोगितामा भाग लिनको लागि १६ बर्ष माथिका र प्लस २ अध्ययन गर्दै गरेका वा प्लस २ दिएर अथवा पास गरेर बसेका बिध्यार्थीहरुले भाग लिन सक्नेछन् । 

यस प्रतियोगिताको बिजेताले राष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिन पाउनेसहित चलचित्र, म्युजिक भिडियो, मिडिया अन्तरबार्तामा समेत सहभागिता हुन पाउनेछन् ।  

प्रतियोगिताका लागि छनौट हुने प्रतियोगीहरुलार्इ एक महिनासम्म विशेष प्रशिक्षण प्रदान गरिने छ । जसमा नेपालका ख्याति प्राप्त कोरियोग्राफर ट्रेनरबाट प्रतिस्पर्धिहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा,आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण दिनेछन् । 

प्रशिक्षणको क्रममा प्रतिस्पर्धिहरुलाई फिटनेस, योगा, स्पा, सेल्फ मेकअप क्लास, फेशन क्लास  सहित गतिविधीमा समेत सहभागि गराइने जानकारी आयोजक रब्स सापकोटाले गराएका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ