arrow

प्रतिनिधि तथा प्रदेश सांसद र सल्लाहाकारलाई रामपुर नगरपालिकाले गर्‍यो सम्मान

logo
प्रकाशित २०७५ जेठ २५ शुक्रबार
palpa_(3).jpg

पाल्पा (रामपुर) ।रामपुर नगरपालिकाले प्रतिनिधि सभा, प्रदेश सभाका माननिय सांसद तथा नगरपालिकाका सल्लाहाकारलाई स्वागत तथा सम्मान कार्यक्रम गरेको छ ।

 पाल्पा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य माननीय दल बहादुर राना, ५ नम्बर प्रदेशका माननीय प्रदेश सांसद युवराज खनाल र बीर बहादुर राना एंव रामपुर नगरपालिकाबाट जिल्ला समन्वय समिति सदस्यमा निर्वाचित भेष बहादुर बंशीलाई रामपुर नगरपालिकाले स्वागत तथा सम्मान गरेको हो । साथै नगर सल्लाहाकारमा मनोनित सांसद तथा जिसस सदस्य सहित देवराज ढकाल, कृष्ण प्रसाद पौडेल र लेखनाथ पोखरेललाई स्वागत गरेको छ ।

 कार्यक्रममा बोल्दै संघिय सभाका सांसद दल बहादुर रानाले दिर्घकालिन लक्ष्य लिएर नगरपालिका अगाडी बढ्नुपर्नेमा जोड दिए । उनले भने “आगामी बर्षमा मेरो नगरको बन वातावरणलाई यहाँ पुर्‍याउछु, शिक्षा, स्वास्थ्य, कृषि, सडक, खानेपानी, जिवन स्तर यहाँ पुर्‍याउछु भनेर योजना तय गरी अगाडी बढ्नुपर्ने पर्छ । केन्द्र र प्रदेश सरकार बाट साथ दिन हामी सदैव तयार छौं ।” उनले मुलुक संघियताको कार्यान्वयनको सुरुवाति चरणमा रहेकाले कर्मचारी अभाव लगाएतका विभिन्न समस्यहरु देखिएको बताए । साथै उनले जनप्रतिनिधी र कर्मचारी विचको दुरीले पनि प्रभाव पारेको बताए । पूर्व भुमी सुधार तथा व्यवस्था मन्त्री समेत रहनु भएका रानाले देशै भर सुकुम्बासी समस्या तथा जग्गा विवाद कायम रहेको बताए । उनले केही समय अघि गठन भएको सुकुम्बासी समस्या समाधान आयोगको म्याद सकिएको र हिजोका कानुनले काम नगर्ने हुँदा नयाँ कानुन बने पछि काम सुरु हुने जनाए ।

कार्यक्रममा प्रदेश नं. ५ का प्रदेश सभा सदस्य युवराज खनालले रामपुर उत्पादन शिल भूमी र पर्यटकिय हिसाबले पनि सम्भावना बोकेको स्थान रहे पनि विकास हुन नसकेकाले सबै तहका प्रतिनीधि विच समन्वय गरेर अघि बढ्नु आवश्यक रहेको बताए । उनले विधिको शासन अनुसार सरकारहरु चल्नु आवश्यक रहेकाले जना मिलेर अघि बढ्नु पर्ने बताए । उनले पाल्पाको विकासको लागि प्रतिनिधीहरुले आआफ्नो तहमा पहल गर्नु गर्दै एक आपसमा समन्वय गरेर अघि बढ्नु आवश्यक रहेको बताए ।

त्यस्तै प्रदेश नं. ५ का प्रदेश सभा सदस्य विर बहादुर रानाले मुलुक संघिय लोकतान्त्रीक गण्तन्त्र कार्यान्वयनको चरणमा रहेकाले अब अभिनय नभई अभियान तर्फ लाग्ने बेला आएको बताए । उनले निर्वाचनको बेला  विभिन्न पार्टीको नाम बाट चुनाव जिटे पनि अब जनताको जिवन स्तर उकास्नको लागि एक भएर लाग्ने बेला आएको उल्लेख गरे । उनले शहरउन्मुख रामपुरको बस्ती व्यवस्थापनको लागि समयमा नै सोच्नु पर्ने बताए ।  भविष्यलाई नसोच्दा देशका विभिन्न शहरहरुमा समस्या देखिएको उल्लेख गर्दै रानाले रामपुरको स्वरुप अझै नविग्रएकाले कस्तो बस्ती बनारएर अघि बढ्ने भन्ने विषयमा सोच्ने बेला आएको बताए ।

उनले मुलुक संघियतामा गए पनि कर्मचारीको अभावका कारण स्थानिय तथा प्रदेश सरकार बाट जनताले अपेक्षित उपलब्धी हासिल गर्न नसकेको बताए । कार्यक्रममा जिल्ला समन्वय समिति पाल्पाका सदस्य एवं रामपुर नगरपालिकाका सल्लाकार भेष बहादुर वंशी, सल्लाहाकार देवराज ढकाल, कृष्ण प्रसाद पौडेल, लेखनाथ पोखरेलले बोल्दै नगरलाई आवश्यक सुझाव र सल्लाह दिन सदैव तप्पर रहेको बताए । त्यस्तै कार्यक्रमका विच इलाका प्रहरी कार्यालय रामपुरमा १८ महिना सम्म कार्यरत रहित हाल सरुवा हुन लागेका प्रहरी निरिक्षक राजु शर्मालाई सम्मान सहित विदाई गरिएको थियो । सम्मान ग्रहण गर्दैै शर्माले आफ्नो कार्यकालभर सहयोग गर्ने महानुभावहरु प्रति धन्यवाद ज्ञापन गर्दै आफुले रामपुरको त्यो गुन कहिल्यै नविसर्ने बताए ।

कार्यक्रममा रामपुर नगरपालिकाका सचेतक तिर्थ प्रसाद पंगेनी र रामपुर नगरपालिकाका निमित्त प्रशासकिय अधिकृत रमाकान्त अर्यालले नगरको अवस्था र समस्याका बारेमा अवगत गराएका थिए ।सोही अबसरमा नगरपालिका प्रमुख रमण बहादुर थापाले नगरपालिकाको अबस्था बारे जानकारी गराउदै प्रतिनिधि सभा सांसद, प्रदेश सभा सांसदहरुसँग नगरपालिकाको केन्द्र र प्रदेशका माग र अबस्था बारे जानकारी मुलक पत्र प्रदान गरे ।

 रामपुर नगरपालिकाको सभाहलमा भएको कार्यक्रम नगर प्रमुख रमण बहादुर थापाको अध्यक्षतामा भएको थियो । रामपुर नगरपालिकाका प्रवक्ता हुमनाथ न्यौपानेको स्वागत बाट सुरु भएको कार्यक्रममा सहभागीहरुलाई उपप्रमुख विष्ण देवी घिमिरे आचार्यले धन्यवाद व्यक्त गरेकी थिइन् । रामपुर नगरपालिकाका योजना विज्ञ कपिल बहादुर खाँणको सञ्चालनमा कार्यक्रम भएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ