arrow

झडेवाका ५४ जना जेष्ठ नागरिकलाई सम्मान

logo
रामचन्द्र रायमाझी,
प्रकाशित २०७५ जेठ २६ शनिबार
sinior-citizen-awarded.jpg

पाल्पा। माथागढी ४ झडेवामा जेष्ठ नागरिक सम्मान तथा स्वास्थ्य परिक्षण कार्यक्रम गरिएको छ। ८२ वर्ष भन्दा माथीका ५४ जना जेष्ठ नागरिकहरुलाई शुक्रबार एक कार्यक्रमका बिच सम्मान तथा स्वास्थ्य परिक्षण गरिएको हो। पछिल्लो समयमा नेपाली समाजमा वृद्ध बाबु आमा अपहेलित भएर बाच्नुपर्ने अवस्था सिर्जना भएकाले त्यस्तो अवस्था गाउँपालिकामा आउन नदिन गाउँपालिकाले यस्तो कार्यक्रम सञ्चालन गरेको गाउँपालिकाले जनाएको छ। 

वडा ४ झडेवाले वडा भित्र रहेका ५४ जना जेष्ठ नागरिकहरुलाई एक-एक सेट कमल सहित स्वास्थ्य परिक्षण गरेको हो। सम्मान कार्यक्रममा जेष्ठ नागरिकलाई कमल वितरण गर्दै  प्रमूख अतिथि तथा गाउँपालिकाका अध्यक्ष सन्तोष थापा मगरले गाउँपालिका भित्र रहेका जेष्ठ नागरिकहरुको पहिचान गरी जेष्ठ नागरिक परिचय पत्र वितरण गर्न थालिएको बताए।

छोरा बुहारीहरुबाट वृद्ध बाबा आमा अपहेलीत हुँदै आएकाले वृद्धहरुको सम्मानका लागि गाउँपालिकाले यस्ता कार्यक्रमहरलाई प्रथामिकता दिने अध्यक्ष थापाको भनाइ छ। उनले भने ‘जसले वृद्ध आमा बाबुको अपहेलना गर्छन् त्यस्ता छोरा बुहारीहरुलाई गाउँपालिकाबाट प्रदान गरिने सेवा सुविधाहरुबाट बञ्चित गरिने छ। ’ विशिष्ट अतिथि गापाकी उपाध्यक्ष निर्मला भट्टराईले समाजमा जन्म दिने बाबु आमाको सम्मान गरिनु पर्ने बताईन।

झडेवा स्वास्थ्य चौकी प्रमुख केशव जिसी, स्वस्थ्य कर्मी एलिना सारुलगायतले जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण गरेका थिए । कार्यक्रम वडा सचिव पुनम चिदिँको स्वागत, वडा अध्यक्ष मधु पराजुलीको अध्यक्षता र सञ्चालन सामाजिक परिचालिका  शुसिला रानाले गरेकी थिइन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ