arrow

फेसबुकको अर्को गल्ती : एक करोड ४० लाख युजर्सको गोप्य डाटा बाहिरियो

logo
प्रकाशित २०७५ जेठ २६ शनिबार
facebook.jpeg

एजेन्सी। फेसबुकमा अर्को एक गल्तीको विवरण सार्वजनिक भएको छ। विश्वको सबैभन्दा लोकप्रिय सामाजिक सञ्जाल कमपनीले आफ्नो सेवामा देखिएको गल्ती स्वीकार गरेको हो। फेसबुकले अघिल्लो महिनामा एक सफ्टवेयरको कमजोरीको कारण एक करोड ४० लाख मानिसहरुको गोप्य विवरणहरु सार्वजनिक भएको स्वीकार गरेको हो।  केही युजर्सहरुले आफ्नो पोस्ट फेन्डलिस्टमा रहेका मानिसहरुलाई मात्र देखाउन चाहेको अवस्थामा पनि उनीहरुको विवरण सार्वजनिक रुपमा सबैले हेर्न सकिने भएको थियो। 

अहिलेसम्म फेसबुकले यो समस्याबाट कुन मुलुकका कति मानिसहरु प्रभावित बने भन्ने विषयमा भने कुनै जानकारी सार्वजनिक गरेको छैन।  फेसबुकका गोपनीयताका अधिकारीले सेयरको लागि अहिले फेसबुकले आफ्नो नयाँ फिचर्सको प्रयोग गरिरहेको अवस्थामा यस किसिमको भूल हुन पुगेको हो। उनले अहिले भने यो समस्या समाधान भइसकेको छ। अब भने युजर्सले जस्तो किसिमको प्राइभेसी चुनेका छन्, त्यसैअनुसारको सेटिङ्ग देखिने उनले बताएका छन्।

फेसबुकले आफ्ना एक करोड ४० लाख मानिसहरुको विवरण सार्वजनिक भएको थाहा पाएपछि यसलाई समाधान गर्न पाँच दिन लागेको बताएको छ। यो भन्दा अगाडि पोस्ट गरेका मानिसहरुमा भने यसको कुनै असर नपरेको फेसबुकको भनाइ छ। यसअघि फेसबुकले चिनियाँ कम्पनी हुवावेसहितका तीन स्मार्टफोन कम्पनीहरुसँग विवरणहरु साटासाटको प्रस्ताव स्वीकार गरेको थियो। त्यसैगरी अमेरिकामा पनि फेसबुकको गलत प्रयोग गरिएको विवरण सार्वजनिक भएको थियो।

केही मुलुकहरुमा फेसबुकको गोपनीयताको विषयलाई लिएर अनुसन्धानको काम पनि जारी रहेको छ। यदि कसैको फेसबुकमा यस्तो समस्या आएको खण्डमा फेसबुकले एक नोर्टिफिकेसन दिने र अब पोस्ट गर्दा पनि पोस्ट कसलाई सेयर गर्ने भन्ने किसिमको अप्सन दिइने बताइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ