arrow

लागुऔषधसहित चार पक्राउ

logo
प्रकाशित २०७५ जेठ २७ आइतबार
pakrau-new.jpeg

काठमाडौँ ।  महानगरीय प्रहरी परिसर काठमाडौँले लागु औषधसहित चारजनालाई पक्राउ गरेको छ । परिसर अन्तर्गतको महानगरीय प्रहरी वृत्त जनसेवाको टोलीले लागुऔषध कारोबार भएको गोप्य सूचनाका आधारमा काठमाडौँका सुनिल श्रेष्ठ, रविन्सन महर्जन, रवीन शाही र काभ्रेपलाञ्चोकका राजकुमार तामाङलाई शनिबार साँझ पक्राउ गरी आइतवार सार्वजनिक गरेको हो ।

प्रहरीले उनीहरुसँग डाइजेल्याब १२७ थान, नुर्फिन १०२ थान, फेनार्गन २९८ थान, डेल कम्पनीको ल्यापटप एक थान, लागु औषध खरिद बिक्रिमा प्रयोग हुने मोबाइल १६ थान र नगद रु सात हजार ५०५ बरामद गरेको छ ।  पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको परिसरले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ