arrow

ललितपुर खुला दिसामुक्त घोषणामा खाजाको 'लफडा' : खाजा नदिएपछि पत्रकार गुहारे

ओडिएफ घोषणामा ५ लाख खर्च 

logo
प्रकाशित २०७५ जेठ २८ सोमबार
ODF_lalitpur.PNG

ललितपुर । मुुलुकका ५२ जिल्ला खुला दिसामुक्त भइसक्दा राजधानी काठमाडौं भने लाज पचाएर बसेको छ । राजधानीसँगै जोडिएको जिल्ला ललितपुर बल्ल आईतबार खुला दिसामुक्त घोषणा भयो । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय ललितपुरले तामझाम सहित खुला दिसामुक्त घोषणा कार्यक्रममा जिल्लाभरबाट १ लाख मान्छे उतार्ने योजना बनाएको थियो ।

तर खुला दिसामुक्त घोषणाअघि बसेको सरोकारवालाहरुको बैठकमा १ लाख मान्छे उतार्नका लागि रकम कति छ ? भनेर प्रश्न उठेपछि डिभिजन प्रमुख हरिदत्त पौडेल थच्चिए । ललितपुर महानगरको प्रांगणमा खुला दिसामुक्त घोषणा कार्यक्रममा मुस्किले २ सय जनाजति सहभागि भए, १ महानगर, २ नगरपालिका र ३ गाउँपालिकाबाट । 

घोषणा कार्यक्रमका लागि घण्टौं टाढाका गाउँबस्ती र शहरी क्षेत्रका सहभागीलाई बिहान ११ बजे नै बोलाइएको थियो । उनीहरु समयमै आए । तर कार्यक्रममा, मन्चमा बोलाइएका मान्छे नै करीब ४० जना पुगे । उनीहरुलाई मन्च बोलाउँदा, आसन ग्रहण गराउँदा, सम्मान गर्दै, गाना बजाना सहित स्थानीय स्तरदेखि खानेपानी तथा सरसफाइ मन्त्रालयसम्मका प्रतिनिधिले भाषण छाँट्दा ५ घण्टा खाइदिए ।

मन्त्री बीना मगरले सम्बोधन गर्दासम्म मुस्किलले ५० जनाजति बाँकी थिए, मन्चमा बाहेक । आयोजकले मन्चमा आसिनहरुलाई मन्चमै लगेर खाजाको प्याकेट दिए । तर ठाउँठाउँबाट आएर बचेखुचेका सहभागी प्रतिनिधिलाई भने १० रुपैयाँ पर्ने ग्लूकोज बिस्कुट र २५ रुपैयाँ पर्ने जुस थमाइदिएपछि, घामले टट्टिँदै भोकाएर बसेका प्रतिनिधिहरु आक्रोसित भए । उनीहरुले छेवैका बुंगमतीकालाई दिने हामीलाई किन नदिने? भन्दै आक्रोस पोखेर बाहिरिए ।

टीकाथली र सुनाकोठीका केही सहभागीले घरका काम छोडेर दिनभर बस्न आउँदा पनि खाजा समेत नदिएर,  आयोजकले विभेद गरे, पत्रकार बोलाऊ भन्दै आक्रोस पोखे । कार्यक्रममा दक्षिण ललितपुरका दुर्गम बस्तीहरुबाट महिलाहरु दूधे बालक लिएर समेत आएका थिए । कार्यक्रममा सहभागी केही बृद्धबृद्धाले भने आफुहरुलाई बिस्कुट र जुस दुबै गुलियो खान हुँदैन भनेर फिर्ता पनि गरिदिए । 

ललितपुरको खुल्ला दिसामुक्त घोषणा कार्यक्रमका लागि खानेपानी डिभिजन कार्यालयले ५ लाख खर्च भएको जनाएको छ । स्टेज सजाउन , खाजा खुवाउन , प्रमाणपत्र बितरण गर्न र केही कार्यशाला गर्दै ५लाख सकिएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख हरी दत्त पौडेलले बताए । 

ललितपुरका १ लाख ९ हजार घरधुरीमा शौचालय निर्माणभएसँगै खुला दिसामुक्त घोषणा गरिएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय ललितपुरले जनाएको छ । २०६५ सालपछि ललितपुरमा ५५ हजार शौचालय बनेको छ । ललितपुरले कोन्ज्योसोम गाउपालिकाको दलचोकीलाई  पहिलो पटक  खुला दिसामुक्त क्षेत्र घोषणा गरिएका थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ