arrow

विश्व बजारमा सबैभन्दा बढी बिक्ने स्मार्टफोनहरु

logo
प्रकाशित २०७५ जेठ २८ सोमबार
samsung-galaxy-s9-plus.jpg

काठमाडौं । पछिल्लो समय विश्व बजारमा स्मार्टफोनको माग बढ्दो क्रममा रहेको छ । स्मार्टफोनको व्यापारको विषयमा अप्रिल एडिसनको विवरणमा स्मार्टफोनमा सबैभन्दा बढी बिक्री हुने स्मार्टफोन ग्यालेक्सी एस ९ प्लस रहेको पाइएको छ । विवरणमा विश्वभर सबैभन्दा बढी बिक्री हुने स्मार्टफोनहरुको विवरण पनि उल्लेख गरिएको छ । अप्रिल महिनामा कुनकुन स्मार्टफोन विशव बजारमा सबैभन्दा बढी बिक्री भए त ?

१. सामसुङ ग्यालेक्सी एस ९ प्लस
दक्षिण कोरियन कम्पनीले निर्माण गरेको यो स्मार्टफोन विश्व बजारमा अप्रिल महिनामा सबैभन्दा बढी बिक्री हुने स्मार्टफोन बन्न पुगेको छ । समग्र स्मार्टफोनको व्यापारमा यो उत्पादनले दुई दशमलव ६ प्रतिशतको हिस्सा ओगटेको छ ।

२. सामसुङ ग्यालेक्सी एस ९
यो उत्पादनले पनि विश्व बजारमा समान दुई दशमलव ६ प्रतिशतको हिस्सा ओगटेको  पाइएको छ ।

३. आईफोन एक्स
सामसुङ कम्पनीको एस सिरिजपछि तेस्रो स्थानमा सबैभन्दा बढी बिक्री हुने स्मार्टफोन आईफोन एक्स हो । अप्रिल महिनामा यो स्मार्टफोनले समग्र व्यापारको दुई दशमलव ३ प्रतिशतको हिस्सा ओगटेको थियो ।

४. आईफोन ८ प्लस
चौथो नम्बरमा सबैभन्दा बढी बिक्री हुने स्मार्टफोन आईफोन ८ प्लस हो । यो स्मार्टफोनको समग्र बजारको हिस्सा पनि आईफोन एक्सको बराबर दुई दशमलव ३ प्रतिशत रहेको थियो ।

५. आईफोन ८
पाँचौं स्थानमा पनि अमेरिकी कम्पनी एप्पलको कब्जा रहेको छ । आईफोन ८ ले विश्व बजारमा दुई दशमलव ३ प्रतिशतको हिस्सा ओगटेको थियो ।

६. साओमी रेडमी ५ ए
विश्व बजारमा एक दशमलव ५ प्रतिशतको बजारको हिस्साका साथै साओमीको रेडमी ५ए उत्पादन विश्वको सबैभन्दा बढी बिक्री हुने स्मार्टफोनको छैठौं नम्बरमा रहेको देखिएको छ ।

७. आईफोन ६
सातौं स्थानमा पनि एप्पलकै वर्चस्व रहेको देखिएको छ । आईफोन ६ ले विश्व बजारमा एक दशमलव ४ प्रतिशतको हिस्सा ओगटेको देखिएको हो ।

८. साओमी रेडमी५ प्लस-नोट ५
साओमीको अर्को उत्पादन रेडमी ५ प्लसको व्यापार पनि अप्रिल महिनामा उल्लेख्य भएको देखिएको छ । यो उत्पादनले समग्र व्यापारको एक दशमलव ४ प्रतिशतको हिस्सा ओगटेको छ ।

९. आईफोन ७
आईफोन ७ अप्रिल महिनामा समग्र स्मार्टफोनको व्यापारको हिसाबमा नवौं स्थानमा रहेको देखिएको छ । यसले पनि विश्व स्मार्टफोन बजारमा एक दशमलव ४ प्रतिशतको हिस्सा ओगटेको छ ।

१०. सामसुङ ग्यालेक्सी एस ८
सामसुङ ग्यालेक्सी एस८ विश्व बजारमा सबैभन्दा बढी बिक्री हुने स्मार्टफोनको सूचीमा १० औं नम्बरमा देखिएको छ । यसको बजारको हिस्सा एक दशलमव ३ प्रतिशत रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ