arrow

ट्रम्प -किमलाई सुरक्षा दिने गोर्खाली सेना, मोदी आउँदा भारतीय सेना : भण्डारी

'नेपाली जहाँ छन् सक्षम र ईमान्दार छन् यस देशमा मात्र असल नेताको कमि छ'

logo
प्रकाशित २०७५ जेठ २८ सोमबार
gurkha-army-and-modi.jpg

काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम ज़ोनको महत्वपूर्ण भेटवार्तामा गोर्खाली सैनिकले सुरक्षा दिनु गौरबको बिषय भएको बताएका छन् । भण्डारीले सोमवार सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै यस्तो लेखेका हुन् ।   

विश्वका महत्वपूर्ण नेताहरु बिचमा हुन गई रहेको सो भेटघाटलाई विश्वले विशेष रुपमा हेरेको छ।  जुन १२ मा ट्र्म्प -किम बीचमा क्यापिला होटलमा वार्ता हुदैछ । सो वार्ताको सुरक्षा सिँगापुरको गोर्खाजले दिने छ । उनले, ' नेपाली जहाँ छन् सक्षम र ईमान्दार छन्, नेपालको नाम राखेका छन् ' लेखेका छन्  ।  

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको सुरक्षामा भारतीय सेना खटिएको सम्झदै उनले लेखे - ' नेपालमा आउँदा भारतीय प्रधानमन्त्रीको सुरक्षाका लागी भारतीय सेनाले नेपाली भूमीमा परेड खेले । सो समय नेपाली सेनाको मानमर्दन गरियो ' ।

उनले ' हाम्रो मौन धारण !! आफुलाई नचिनेका, आफ्नो पहिचान थाहा नभएका, इतिहास नपढेका, प्राचिन सम्पदाको महत्व नबुझेकाहरुले अरुको पहिचान र महत्त्वको रक्षा कसरी गर्दछ ? अब परिवर्तन गर्नु पर्दछ सोचमा हाम्रो गोर्खाली रगत एवम् पसिना केवल अरुको सुरक्षार्थ मात्र नबगेर अब विश्व मानचित्रमा नेपाल र नेपाली भनेको युद्ध पनि हाँक्न सक्ने र शान्तिको बिगुल फुकि शान्ति स्थापना गरी विश्वलाई चकित पार्न सक्ने छन् भन्ने पुष्टि भइसकेको छ ' उल्लेख गरेका छन् ।

नेपालको माटोमा नासाको बैज्ञानिक देखि भगवान बुद्ध बनने सामर्थ्य रहेको बताउदै उनले असल नेताको कमि रहेको औंल्याए । 'असल नेताको जसले वैज्ञानिक वा बुद्ध बन्नेलाई केवल आफ्नो साँघुरो सोचले गर्दा सुरक्षाकर्मी भन्दा अरु केही बन्ने सपना न‌ै देख्दैन र देखाउदैन पनि'  भनेका छन्।

पूर्वीय दर्शन आफैमा वैभवशाली रहेको बताउदै उनले  ' पूर्वीय दर्शनले मानिस, समाज एवम् विश्वलाई नै मार्ग निर्दिष्ट गर्दछ तर विडम्बना हामीसंग आफ्नै ज्ञानको कमि छ त्यसैले हामीसंग न धर्म छ । न संस्कृति । न भाषा । न भेष भुषा । सोच बदलौ । अरुले गोरखालीको सुरक्षा गर्न सक्ने भावी पिडी बनौँ र बनाउँ ' लेखेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ