arrow

प्रवासबाटै शिवले गरे असहाय टुहुरालाई सहायता

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७५ जेठ २८ सोमबार
mankari.jpg

पुनर्वास,कञ्चनपुर ।  रोजगारीको शिलसिलामा अमेरिकाको क्यालिफोर्निया प्रवासमा रहेका पुनर्वासका युवा शिव बिष्टले पश्चिम नेपालको कञ्चनपुरका असहाय टुहुरा र जेहेन्दार बालबालिका लाई शैक्षिक समाग्री साहायता गरेका छन ।

गरिबीको कारण शिक्षा आर्जनबाट बञ्चित हुँदै आएको समुदायका बालबालिकाहरुको शिक्षा दिक्षामा सघाउन शिवले आफ्नो मासिक कमाईबाट केही रकम  सहायता जुटाउन खर्चिदै आएका छन् ।  हरेक वर्ष आफ्नो जन्मभुमी पुनर्वासका बिपन्न गरिब समुदायका बालबालिकाको शैक्षिक बिकासका लागि लगानी गर्दै आएका शिवले पठाएको शैक्षिक सामाग्री सोमबार एक कार्यक्रमको आयोजन गर्दै बितरण गरिएको थियो ।

अमेरिकाको क्यालिफोर्नियामा रोजगारी गर्दै आएका शिवले जुटाई दिएको शैक्षिक सामाग्री पुनर्वासका ४ वटा बिधालयका ४० जना बिद्यार्थीहरुलाई ग्रामिण जागरण बिकास मंच नेपाल नामक स्थानिय संस्थाले बितरणको चाँजोपाँजो मिलाएको थियो ।

सामाजिक क्षेत्रमा समेत सकृय रहदै आएका ४२ वर्षिय शिव बिष्ट रोजगारका लागि प्रवासमा रहेर पनि नेपाली धर्ती र बिपन्न बालबालिकाको शैक्षिक बिकासमा साहायता जुटाउदै आएका छन् । परोपकारी स्वभावका मनकारी शिवले बिगतका वर्षहरु देखि नै साहायता गर्दै आएका उनले पुनर्वास क्षेत्रका दुई दर्जन बिधालयमा बालबालिकाहरुलाई शैक्षिक सामाग्री साहायता गरेका छन ।

सोमबार पुनर्वासको त्रिभुवनबस्ती स्थित नगरपालिकाको सभाहलमा स्थानिय संस्था ग्रामिण जागरण बिकास मंचले आयोजना गरेको शैक्षिक सामाग्री प्रमुख अतिथी पुनर्वास नगरपालिकाका मेयर जिवनराज थापाले गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ