arrow

तुलसीपुर उपमहानगरले सबै विद्यालयमा सेनेटरी प्याड बाढ्ने

logo
प्रकाशित २०७५ जेठ २८ सोमबार
tmun1.jpg

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत किशोरीहरुलाई लक्षित गरेर असार १ गतेबाट स्यानेटरी प्याड वितरण गर्ने भएको छ ।

नगर कार्यपालिकाको वैठकले सामुदायिक विद्यालयमा अध्ययनर किशोरीहरुलाई लक्षित गरेर यस्तो निर्णय गरेको हो । सेनेटरी प्याड नहुँदा महिनावारीको समयमा किशोरीहरु विद्यालय नआउने समस्यालाई मध्यनजर गरेर यस्तो निर्णय गरिएको हो । ‘यसले किशोरीहरुलाई शिक्षा र स्वास्थ्य दुवैमा सकारात्मक प्रभाव पार्नेछ ’ नगरप्रमुख घनश्याम पाण्डेले वताए ।

     उपमहानगरपालिकाका सबै सामुदायिक विद्यालयमा लागु हुने यो कार्यक्रमको व्यवस्थापन वडा कार्यालय र समन्वय स्वास्थ्य शाखाले गर्नेछन् । पछिल्लो समय तुलसीपुर उपमहानगरपालिकाको विद्यालय निरिक्षण गर्दा किशोरीहरुको उपस्थिति निकै कम देखिएको थियो । उपमहानगरपालिकाको कार्यपालिका वैठकले यही कुरालाई मध्यनजर गरेर यस्तो कार्यक्रम ल्याएको हो ।  

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ