arrow

बेल्जियम विश्वकपका लागि तयार, लुकाकुले गरे दुई गोल

logo
प्रकाशित २०७५ जेठ २९ मंगलबार
belgium2.jpg

काठमाडौं । बेल्जियम रुस विश्वकपका लागि तयार भएको छ । बेल्जियमले अन्तिम वार्मअप खेलमा कोस्टारिकामाथि ४–१ को जित निकालेको छ । 

बेल्जियमका लागि म्यान्चेस्टर युनाइटेडका खेलाडी रोमेलु लुकाकुले २ गोल गरे । सोमबार रातिको खेलमा नापोलीका विंगर ड्राइस मेर्टेन्स र मिचि बात्सुईले १–१ गोल गरे । 

कोस्टारिकाका लागि ब्रायन रुइजले खेलमा अग्रता लिएका थिए । तर त्यसपछि कोस्टारिकाले लगातार गोल खायो । 

यही बिहिबारदेखि सुरु हुने विश्वकपमा बेल्जियम समुह जी मा रहेको छ । यो समुहमा इंगल्याण्ड, ट्युनिसिया र पानामा रहेका छन् । 

त्यस्तै कोस्टारिका समुह इ मा छ । यो समुहमा ब्राजिल, स्वीट्जरल्याण्ड र सर्विया रहेका छन् । 

विश्वकपको वार्मअप खेलमा सेनेगलले दक्षिण कोरियालाई २–० ले हरायो । सेनेगल पोल्याण्ड, कोलम्बिया र जापान रहेको समुह एच मा रहेको छ । 

दक्षिण कोरिया भने जर्मनी, मेक्सिको र स्वीडेन रहेको समुह इ मा रहेको छ । 

Eden Hazard limps off after 70 minutes with a possible injury before being replaced

Lukaku scored twice during Belgium's final game in preparation for the World Cup in Russia

Lukaku and Michy Batshuayi bounce off each other in celebration of Belgium's fourth goal

Bryan Ruiz's fantastic left-foot finish on the volley gave Costa Rica the lead after 24 minutes

Ruiz, the country's captain, celebrates after he watched his strike fly past Thibaut Courtois

Ruiz celebrates with Bryan Oviedo after finding the bottom right corner from outside the area

But Belgium were level not long after when Mertens found the back of the net with a tidy finish



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ