arrow

काठमाडौं महानगर अब ‘स्मार्ट ट्वाईलेट’को शहर, मान्छे ‘अपराधि’बाट पनि सुरक्षित ! (डिजाईनसहित)

logo
यमुना भण्डारी,
प्रकाशित २०७५ जेठ २९ मंगलबार
ktm2.JPG

काठमाडौं । मुलुककै जेठो महानगर, काठमाडौ महानगरपालिका अब अत्याधुनिक शौचालय (स्मार्ट ट्वाईलेट)को शहर बन्ने भएको छ । तर, कहिले ? दुई महिना, तीन महिना, छ महिना वा एक वर्ष ? काठमाडौं महानगरपालिकाको सार्वजनिक निजी साझेदारी ईकाई निर्देशक महेश काफ्लेले भने, ‘यो आर्थिक वर्षभित्र हुँदैन । तर, आउने आर्थिक वर्षमा पक्का छ । अहिल्यै यति–उति महिना नभनौँ । हामी केही गर्छौ त्यो पक्का छ ।’

केही समय अघि मात्रै काठमाडौं महानगरभित्र दुई महिनाभित्र स्मार्ट शौचालय बनिसक्ने कुरा चुहिएको थियो । तर, दुई महिनाभित्र बन्ने भन्ने कुरा कतै गरिएको भाषण थियो । यथार्थ के हो त ? निर्देशक काफ्लेले भने, ‘शौचालय स्मार्ट नै बन्ने हो । हामीले कहाँ राख्ने भन्ने ठाउँ पहिचान पनि गरिसकेका छौँ । डिजाइन पनि तयार भइसकेको छ । उनले भने, 'नपत्याए हर्नुस् ।' 

काठमाडौं महानगरले बनाउने भनेको शौचालय रोटोमोल्डिंग प्रविधिबाट निर्माण भएको भनिएको छ । यो धेरै टिकाउ र मजबुत हुनेछ । त्यति मात्र नभई सूर्यबाट आउने हानिकारक युभी विकिरणहरुबाट पनि मान्छे सुरक्षित हुनेछ । 

अर्को फाइदा यो मर्मत गरेर अझै धेरै वर्ष चलाउने सकिने बताइन्छ । हेर्दा सून्दर देखिने र प्रयोग गर्न सजिलो हुने मात्रै नभई जुनसुकै स्थानमा राख्न सकिने हुँदा धेरै ठूलो ठाउँ पनि ओगट्नै छैनन् । यसको लागि महानगरले ४४ ठाउँमा अनुमति लिइसकेको छ । 
ति शौचालय अन्तर्राष्ट्रिय मापदण्ड अनुसार बनेको तथा नजिकका छिमेकी राष्ट्रहरुले प्रयोग गरिरहेकै शौचालय भएको महानगरले जनाएको छ । तर, यो छिमेकी चीन वा भारतमा बढी चलनचल्तीमा छ भन्ने कुरा भने महानगरले भनेन । 

लम्बाई चौडाई बराबर रहेको एउटा शौचालयको तौल एक सय १० किलोग्राम मात्रै रहेकाले सजिलै यता उता लैजान सकिने छ । त्यसमा जोडिएको पानी ट्यांकीको क्षमता एक सय ६०लिटर छ भने, फोहोर जम्मा हुने ट्याङ्कीको क्षमता दुई सय ९० लिटर छ । 

यो शौचालय विजुली गएको खण्डमा पनि अँध्यारो हुने छैन । सौर्य उर्जाबाट चल्ने बत्ति जडित हुने छ । भेन्टिलेसन फ्यानहरु पनि जडान गरिएको हुनेछ । पुरुषहरुको लागि युरिनल जडान गरिएको यो शौचालयमा हात धुने बेसिन, ट्वाईलेट पेपर स्ट्याण्ड, ऐना समेत जडित हुने छ । 

अन्य सुविधा के ?
–सबै सांस्कृतिक पृष्ठभूमिका वर्ग, लिङ्ग, जेष्ठ नागरिक तथा बालबालिकाको लागि शौच गर्न उपयुक्त  
–स्वच्छ तथा सफाइमा हरेक समय ध्यान दिई कुनै पनि समयमा प्रयोग गर्न सकिने 
–स्पष्ट अक्षरमा पुरुष तथा महिलाको प्रयोगका लागि छुट्टै संकेतको व्यवस्था 
–ट्वाईलेट पेपर तथा साबुन पानी अनिवार्य रहने 
–कुनै पनि प्राकृतिक प्रकोप अथवा प्रतिकुल वातावरणबाट सुरक्षित 
–राति वा बत्ति नहुँदा सौर्य उर्जाले काम गर्ने 
–कुनै पनि अनाधिकृत र अपराधिक गतिविधिबाट पनि सुरक्षित रहने 
–फोहोरको उचित व्यवस्थापन 
–व्यवसायिक विज्ञापनको लागि वातावरणमैत्री होडिङ्ग बोर्ड राखिने  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ