arrow

मुल्यबृद्धी गर्ने प्रधानमन्त्री ओलीको पुत्ला जलायो नेबिसंघले देशैभर

बिहानैदेखि साँझसम्म जलाए पुत्ला

logo
प्रकाशित २०७५ जेठ २९ मंगलबार
kp-oli-putla-dahan.jpg

काठमाडौँ । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थ सहित अत्यावश्यक बस्तुमा भइरहेको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ ।

विहानै लमजुङमा नेविसंघले प्रधानमन्त्रीको पुत्ला जलाउन शुरु गरेको थियो। साझँसम्म आइपुग्दा भने देशैभर नेविसंघले मुल्यबृद्धी गर्ने प्रधानमन्त्री केपी ओलीको पुत्ला दहन गरेको हो। 

सरकारले पेट्रोलियम पदार्थमा पटक–पटक मूल्यवृद्धि गरेर जनतालाई मारमा पारेको भन्दै विद्यार्थी संघले काठमाडौँको गोंगबु चोक लगायत देशका विभिन्न भागमा सरकार विरुद्ध प्रदर्शन र नाराबाजी गरेका हुन् ।

गोंगबु चोँकमा ठूलो संख्यामा निस्केका विद्यार्थीहरुले सरकार विरुद्ध प्रदर्शन गर्दै मुल्यवृद्धी फिर्ता गर, सुशासन कायम गर जस्ता नारा लगाएका थिए ।

प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दै झण्डा च्यातिदिएपछि विद्यार्थी आक्रोशित भएका थिए। शान्तिपूर्ण आन्दोलनमा आस्थाको आधारमा प्रहरीले झण्डा च्यात्नु निन्दनिय भएको नेविसंघका महामन्त्री कुन्दन काफ्लेले बताए ।

Image may contain: 8 people, including Dujang Sherpa, people standing, fire, sky and outdoor

सरकारले पेट्रोलियम पदार्थमा लगातार गरेको मूल्यवृद्धि गलत भएको भन्दै आन्दोलन गर्नुपरेको काफ्लेको भनाई छ ।

नेवि संघ केन्द्रीय समितीको आयोजना र ग्रामिण आदर्श, एनआर र मनोहर क्याम्पसको समन्वयमा भएको प्रदर्शनमा नेविसंघका नेताहरू शुसिल भटृ, निरञ्जन थापा, दुजाङ शेर्पा लगायतको उपस्थिती रहेको थियो ।

दाङमा नेविसंघका विद्यार्थीहरुलाई सर्वसधारणले पनि मुल्यबृद्धी गरेको भन्दै प्रधानमन्त्री केपी ओलीको पुत्ला दहनमा साथ दिएका थिए। राँके जुलुस सहित पुत्ला दहन कार्यक्रममा प्रहरीले हस्तक्षेप समेत गरेको थियो। 

तनहुँमा पनि प्रधानमन्त्री ओलीको पुत्ला दहन कार्यक्रममा प्रहरी र प्रदर्शनकारीबीच केहि बेर झडप भएको थियो। अर्घाखाँद्वीमा पनि विद्यार्थीहरुले प्रधानमन्त्री ओलीको पुत्ला जलाए। 

नेविसंघ बागलुङको आन्दोलनमा तरुणदल र महिला संघको साथ
मंगलबार साँझ नेविसंघ बागलुङले बागलुङ बजारमा राँके जुलुस प्रर्दशन गरेको छ । जुलुसमा नेपाल तरुण दल  र महिला संघले पनि साथ दिएको छ। पेट्रोलियम पदार्थमा सरकारले गरेको मुल्यवृद्धीको विरोधमा नेविसघले गरेको आन्दोलमा अन्य संस्थाले पनि साथ दिएका हुन् । 

अन्तराष्ट्रिय मूल्य समायोजन गरेको नाममा पटकपटक पेट्रोलियम पदार्थको मूल्य बढाएको भन्दै मुल्य वृद्धि तत्काल फिर्ता गर्न माग गरेको छ । धौलागिरी वहुमुखि क्याम्पसवाट सुरु भएको राकेजुलुस प्रधानमन्त्री केपि शर्मा ओलीको विरुद्ध नारावाजी गदै अस्पताल रोड, आवारोड, ट्राफिक चोक, समिक्षालय चोक, हल्लन चोक हुदै लोकतान्त्रीक चोकमा आई कोणसभामा परिणत भएको थियो । 

कोण सभामा नेपाल तरुण दल बागलुङका उपाध्यक्ष गोपाल पौडेल, नेपाल महिला संघ बागलुङका सचिव उषा पौडेल,  नेपाल विद्यार्थी संघ धौलागिरी वहुमुखि क्याम्पस बागलुङका इकाई अध्यक्ष दिनेश पन्त, स्वतन्त्र विद्यार्थी युनियन धौलागीरी बहुमुखी क्याम्पसका सभापती मनिष थापा लगायतले दुई तिहाई बहुमतमा बनेको सरकारले जनतालाई सुविधा दिनुपर्नेमा जनतालाई नै लुट्न काममा लागेको आरोप लगाए।

केपी ओली नेतृत्वको सरकार बनेपछि चौथो पटक पेट्रोलियम पदार्थको मुल्यवृद्धि भएको छ। यसको विरोधस्वरुप नेविसंघले चरणबद्ध आन्दोलन गर्दै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ