arrow

देउवाले भने, ' मलेसियामा ९२ बर्षिय प्रधानमन्त्री बन्न हुने म अहिल्यै सभापतिबाट किन हट्छु ?'

'सहमति अनुसार चलाउने हो भने विधानको कुरा नउठाउनुस नत्र विधान मान्नुस'

logo
प्रकाशित २०७५ जेठ २९ मंगलबार
congress-deuba.jpg

काठमाडौं। नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाले आफूले तत्काल पार्टी सभापति नछोड्ने फेरि दोहोर्‍याएका छन्। नेपाल ट्रेड युनियन काँग्रेसको छैठौं महाधिवेशनलाई सम्वोधन गर्न आएका देउवाले आफूलाई कसैले हट भनेर नहटने बताए। 

मलेसियामा हालै ९२ बर्षिय नेता प्रधानमन्त्री भएको स्मरण गराउँदै देउवाले आफू अझै ९२ बर्ष नभएको जनाए। उनले ठट्यौलो शैलीमै भने, ' मलेसियामा ९२ बर्षिय प्रधानमन्त्री हुँदै गर्दा म चाहि उमेरकै कारण देखाएर अहिले कसरी छोड्न सक्छु। म ९२ बर्षको पनि भएको छैन।'  

आफू विरुद्ध अभियान छेडेका नेताहरुको गतिविधीलाई भुल्न नसकेको झल्को देउवाको प्रस्तुतीमा देखिन्थ्यो। उनले पार्टी सभापति रहेको आफू विरुद्ध अभियान छेडेर पार्टी बलियो नहुने बताए। देउवाले चेतावनीको शैलीमा भने, ' गाली गर्ने र आलोचना गर्नेहरुलाई मैले पनि धन्यवाद भनेर चुप लागेर बस्दिन।'

देउवा अगाडी मन्तव्य राखेका रामचन्द्र पौडेलले पार्टीभित्रको एकताको लागि सहमति र सहकार्य गर्नका लागि गरेको प्रस्तावलाई देउवाले ठाडै अस्विकार गरे। देउवाले पार्टी की विधान अनुसार सञ्चालन हुने की सहमति अनुसार सञ्चालन हुने बताए। उनले भने, ' सहमति र विधान सँगसँगै जान सक्दैन । की विधान अनुसार चल्छ पार्टी की सहमति अनुसार। आफूलाई फाइदा हुँदा सहमति नहुँदा विधान अनुसार भनेर पार्टी चल्दैन। '

सभापति देउवाले पार्टी एक हुन पार्टी भित्रका सबै एक हुन जरुरी रहेको बताए। एकले अर्कालाई गाली गर्ने शैलीमा पार्टी भित्र एकताको वातावरण  नहुने उनले बताए। 

पार्टी बाहिरका गतिविधी, सरकारका गतिविधीलाई काँग्रेसका नेता कार्यकर्ताले ध्यान दिनुपर्ने उल्लेख गर्दै तर त्यस्तो कुराको पछि लाग्नुभन्दा शेर बहादुरको विरोध गर्ने काममा मात्र कार्यकर्ताहरु लागेकोमा देउवाले आश्र्चर्य प्रकट गरे। 

राष्ट्रवादका नाममा ओलीको राष्ट्रवाद लम्पसारवादमा परिणत भएको उल्लेख गर्दै देउवाले वर्तमान केपी ओली सरकारले समृद्धीको नाममा समेत जनतालाई ढाटेको बताए।

कम्युनिष्टहरु राष्ट्रवादी पनि नहुने  तथा उनीहरुले समृद्धी पनि नल्याउने तर्क गर्दै देउवाले प्रश्न गरे, ' महंगी बढाएर के को समृद्धी ?'

पार्टीका नेता कार्यकर्ताहरुलाई पनि देउवाले सरकारका जनविरोधी गतिविधीमा ध्यान दिन निर्देशन दिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ