arrow

कर्णालीको विकासका लागि कनिका छरेर होला र ! 

logo
प्रकाशित २०७५ जेठ ३० बुधबार
pradesh6.jpg

सुर्खेत । कर्णाली प्रदेशका प्रदेशसभा सदस्यले प्रदेशको विकासका लागि प्राथमिकता निर्धारण गरेर बजेट ल्याउनु पर्ने सझाव दिएका छन् । कर्णाली प्रदेश सरकारको आव २०७५–७६ को नीति तथा कार्यक्रमको छलफलमा भाग लिँदै उनीहरुले सरकारलाई प्रथामिकता निर्धारण गरेर प्रदेशको बजेट ल्याउन सुझाव दिएका हुन् । 

प्रदेशसभा सदस्य धर्मराज रेग्मीले कर्णाली प्रदेशको प्रथामिकताका आधारमा आगामी बजेटको निमार्ण गर्न सरकारलाई सुझाव दिए । कनिका छराइभन्दा कर्णाली प्रदेशमा देखिने गरि प्राथमिकताका आधारमा बजेट विनियोजन हुनुपर्ने उनको भनाइ थियो ।

 “प्रदेशमा कम्तीमा शिक्षण अस्पताल, विश्वविद्यालय, पर्यटन केन्द्र, सडक, कृषिलगायतका आयोजना बन्नुपर्छ अनि मात्रै कर्णाली प्रदेशको नमूना काम हुन्छ”–उनले भने । 

प्रदेशसभा सदस्य पद्मा खड्काले प्रदेशको आर्थिक विकास गर्न सडक, सञ्चार, कृषि तथा जडीबुटीको उत्पादनमा जोड दिनुपर्ने बताइन् । उनले भनिन् “कर्णालीलाई समृद्ध बनाउन प्रदेशको प्राथमिकता निर्धारण गरेर भौतिक पूर्वाधार र ऊर्जा क्षेत्रलाई विशेष प्राथमिकता दिनुपर्छ ।” 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ