arrow

अष्ट्रेलियन समर्थकले विश्वकपका सबै खेलहरु हेर्न नपाउने 

logo
प्रकाशित २०७५ जेठ ३० बुधबार
aus.jpg

काठमाडौं । विश्वकप सुरु हुन अब एक दिनमात्र बाँकी छ । यो विश्वकपमा अष्ट्रेलियाका फुटबलप्रेमीहरु भने मर्कामा पर्ने भएका छन् । यो विश्वकपका सबै खेल अष्ट्रेलियाका समर्थकहरुले अष्ट्रेलियामा टेलिभिजनमा निःशुल्क हेर्न नपाउने भएका हुन् । 

रुस विश्वकप विहीबार रुस र साउदी अरेबियाको खेलसँगै सुरु हुँदैछ । यसको प्रत्यक्ष प्रशारण एसबीएसले दिनेछ । यद्यपि यसले एक दिनमा एउटा मात्र खेलको प्रत्यक्ष प्रशारण दिनेछ । 

बाँकी खेलहरु अप्टुस स्पोर्टस्मा हेर्नुपर्ने बाँध्यता अष्ट्रेलियाका समर्थकहरुलाई हुन्छ, जसका लागि१५ अमेरिकी डलरको हारहारीमा पैसा तिर्नुपर्ने हुन्छ ।

अष्ट्रेलियाका समर्थकहरुले सबै खेल हेर्नका लागि ३० अमेरिकी डलरबराबरको रकम खर्च गर्नुपर्ने हुनसक्ने देखिएको हो । जुन १६ मा अष्ट्रेलियाले फ्रान्ससँग खेल्दै यो प्रतियोगिताको सुरुवात गर्दैछ । यो समुहमा पहिलो हुने टोलीमा धेरैले फ्रान्सलाई आँकलन गरेका छन् भने दोस्रोको लागि अष्ट्रेलिया, पेरु र डेनमार्कको बीचमा कडा प्रतिस्पर्धा हुनसक्ने देखिएको छ । 

यो टोलीमा दोस्रो हुनेले समूह डीको विजेता टोलीसँग खेल्नुपर्ने हुन्छ, सम्भवतः त्यो अजेन्टिना हुनसक्छ । अहिले अष्ट्रेलिया यो विश्वकपको अन्तिम तयारीमा रहेको छ । यो विश्वकपमा सन् २०१० को विश्वकपमा नेदरल्याण्डस्लाई फाइनलमा पु-याएका प्रशिक्षकले अष्ट्रेलियाको प्रशिक्षकको भूमिका निर्वाह गर्नेछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ