arrow

कार्यकारी राष्ट्रपति प्रणाली कुनैपनि हालतमा मान्दैनौँ : शेखर कोइराला

logo
कुमोद अधिकारी,
प्रकाशित २०७५ जेठ ३० बुधबार
shekhar-Koirala.jpg.jpeg

विराटनगर ।  नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालले कार्यकारी राष्ट्रपति प्रणाली कांग्रेसलाई कुनैपनि हालतमा मान्य नहुने बताएका छन् । नेपाल प्रेस युनियन मोरङले विराटनगरमा बुधवार विहान गरेको पत्रकार सम्मेलनमा उनले वर्तमान सरकारले दुई तिहाइको बलमा कार्यकारी राष्ट्रपति प्रणाली ल्याउन खोजिए कांग्रेसलाई स्वीकार्य नहुने बताए ।
 
बहुजातिय, बहुभाषीक मुलुकमा कार्यकारी राष्ट्रपति प्रणाली पद्धति  नमिल्ने र जनताले पनि त्यसलाई नस्वीकार्ने  उनको तर्क थियो । नेता कोइरालाले आगामी पाँचवर्षसम्म कांग्रेसले सशक्त प्रतिपक्षको भुमिका निर्वाह गर्ने उल्लेख गरे।

कांग्रेस प्रतिपक्षमा वसेपनि विकास र संवृद्धिको एजेण्डामा भने पार्टीको सक्दो सहयोग रहने उनले बताए । एक प्रश्नमा उनले सरकारको विरुद्धमा आन्दोलन गर्ने वेला अहिले नआएको बताए। सरकारले न्यायालयलाई हस्तक्षेप गर्न खोजेको, मुलुकमा दण्डहीनता बढेको भन्दै त्यसकाविरुद्ध कांग्रेसले एक भएर खवरदारी गर्नुपर्ने उनले बताए ।
 
नेता कोइरालाले कांग्रेस बिचको गुट गुटका कारण पार्टी कमजोड वन्दै गएकाले कांग्रेसमा एकता आवश्यक रहेको बताए । आपसी लडाईका कारण गत निर्वाचनमा कांग्रेसले पराजय भोग्नु परेकाले अर्लि महाधिवेशन वोलाएर कांग्रेसलाई एक ढिक्का वनाउनुपर्ने उनले बताए । उनले सरकारले प्रतिपक्षमा रहेको नेपाली कांग्रेसलाई वेवास्ता गरेर एकलौटि रुपमा अघि वढन खोजेको आरोप लगाए ।

नेता कोइरालाले संघिय सरकार प्रदेश सरकारलाई दिएको वजेटे थोरै भएकाले  संघियता कार्यान्वयमा समस्यापर्ने वताए । संघियता कार्यान्वयनसंगै सवै हक अधिकार अव प्रदेश र स्थानिय तहमा आइसकेको अवस्थामा संघिय सरकारले प्रदेश सरकारलाई बजेट विनियोजित गर्न कन्जुस्याई गर्न नहुने उनको भनाई थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ