arrow

ट्रेड युनियन कांग्रेसको महाधिवेशन : बन्द सत्र सर्‍यो  

logo
प्रकाशित २०७५ जेठ ३० बुधबार
puskar-khilnath1.jpg

काठमाडौं । ट्रेड युनियन कांग्रेसको छैठौं राष्ट्रिय महाधिवेशन लम्बिने देखिएको छ । समयमा महाधिवेशन प्रतिनिधिको टुंगो लाग्न नसकेपछि बन्द सत्र नै सरेको छ । 

वुधबारबाट सुरु हुने भनिएको बन्द सत्र महाधिवेशन प्रतिनिधिको टुंगो नलागेका कारण विहिबार विहानका लागि सरेको महासचिव महेन्द्र प्रसाद यादवले बताए । 

बन्द सत्रका कारण महाधिवेशनका लागि तोकिएको २९, ३० र ३१ को समय तालिका प्रभावित हुने भएको छ । 

काठमाडौंमा जारी महाधिवेशनले ट्रेड युनियन काँग्रेसको नयाँ कार्यदिशा तय गर्ने छ भने, नयाँ नेतृत्व चयन गर्ने छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ