arrow

नेविसंघ सुधारका बाँकी अवसरहरु

logo
रिजन मडै,
प्रकाशित २०७५ जेठ ३० बुधबार
rajan-madai.jpg

काठमाडौं। राजा, राणा, पंचायत फालेर देशमा भएका सम्पुर्ण आमूल परिवर्तनको प्रतिनिधित्व गरेको कांग्रेसमा अहिले देखिएको निरासाले कांग्रेसको भावी रणनीतिका विषय अहिले धेरैलाई चासो र चिन्ता बनेको छ । तत्कालीन दोश्रो र तेस्रो शक्ति (एमाले-माओवादी) मिलेर पहिलो शक्तिलाई उच्छिन्नु स्वभाविक कुरा हो । बलियो कम्युनिष्ट उदाएको छ र सरकारमा दुई तिहाइ भन्दा बढी पुगेकाले प्रतिपक्षमा रहेको कांग्रेसमा अनुशासित, बलियो, शसक्त हुन जरुरी रहेको चिन्ता सम्पुर्ण लोकतन्त्रवादीमा परेको छ ।

लोकतान्त्रिक शासन पद्धतिलाई स्थापना गर्न अहम् भुमिका खेलेको नेपाल विद्यार्थी संघको विद्यार्थी आन्दोलन बिबादास्पद र खुम्चिदै जादा लोकतन्त्र पनि ओझेलमा पर्नेहोकि भन्ने चिन्ता पनि देखिएको छ । आफू या अरु (कांग्रेस वा अन्य दल) जो सुकै पनि सरकारमा भएको बेला आफ्नो आवाजलाई बुलन्द पार्दै गलत कामको विरुद्ध सडकमा उत्रिने नेविसंघ अहिले सफलतापूर्वक कुनै पनि आन्दोलन गर्न नसक्नु भनेको अबको पाँच बर्षपछि हुने चुनावमा पनि कांग्रेसलाइ वार्डदेखि केन्द्रसम्म हराउने रणनीति हो किनकी अहिलेका नेविसंघ पाँच बर्षपछि आफै उम्मेदवार हुन या आफ्नो पार्टीको उम्मेदवारलाई जिताउने उम्मेदवारका मेरुदण्ड हुन । यसलाई समाधान गर्न पनि अब गुटबन्दी रहित नेविसंघ निर्माण हुनुपर्छ । नेविसंघका थुप्रै कमिकमजोरी होलान् तर थुप्रै मात्रामा इतिहास पनि छ। इतिहासको सहाराले भएपनि अब नेविसंघले कांग्रेसलाई शसक्तिकरण गर्दै चलायमान बनाउनुपर्छ। 

देशले थुप्रै विद्यार्थी आन्दोलनबाट उन्मुक्ति पाएको छ, परिवर्तन पाएको छ, बिकास पाएको छ, गुणस्तरीय शिक्षा नीति पाएको छ, विद्यार्थीका थुप्रै अत्यावश्यक मागहरुलाइ सम्बोधन गराएको छ। तर अहिले यहि अधिकार उपलब्ध गराउने नेविसंघ कमजोर बन्नु र सरकारमा कम्युनिष्ट हुनु यसलाई संयोगमात्र मान्न सकिँदैन । नेविसंघका आन्दोलनबाट पाएका परिवर्तन र सिंगो आन्दोलन अझै खेर जाने त हैन अझै झन चिन्ता परेको छ । सशक्त कांग्रेस निर्माणको लागि अनुशासित समृद्ध नेविसंघ हुनु जरुरी छ । इकाई देखि केन्द्रसम्मको बिबादास्पद कुराहरु मिलाउन सक्यो भने मात्रै अबको चार बर्षमा लोकतन्त्र बलियो हुन्छ, कांग्रेस बलियो हुन्छ लोकतान्त्रिक सरकार आउँछ। हाम्रा माग सम्बोधन हुन्छन। यसका लागि पनि रियल विद्यार्थीको प्रतिनिधित्व गर्ने विद्यार्थी साथीहरु एकजुट भएर लाग्नु अत्यावश्यक छ । यो समय हामीले पार्टीका नेताहरुबाट परिचालित भएर आफ्नो बुद्धि र क्षमताललाइ सक्ने हैन संगठन सुधारको लागि स्वचालित बन्न सक्नु पर्छ । पार्टीको चुनावको मुखमा आफुलाइ पायक पर्ने नेताको समर्थनमा लागौला, अहिले कांग्रेसको समर्थनमा लागौ कांग्रेस रह्यो भने हाम्रा नेता रहन्छन् ।

यदि नेविसंघको आन्दोलनलाई सफलतातर्फ उन्मुख गर्ने हो भने देउवा, पौडेल, सिटौला, कोइराला, सिंह नेविसंघलाई छोडौ, सबै सबै छाति खुल्ला र स्वच्छ मनले सामाजवाद, लोकतन्त्र, विद्यार्थी एकतालाइ एकताबद्ध बनाइ हाम्रो नेविसंघ बनाउ। नकि पार्टीका नेताको कार्यकर्ताको नेविसंघ। किनकी नेविसंघ आफै नेता हो । यि सबै र अन्य धेरै कुरालाई सुधार गरेर नेविसंघलाई लोकतन्त्र बचाउनको लागि बलियो बनाउन जरुरी छ । अरु के के गर्नु पर्ला त नेविसंघलाई शसक्त बनाउन?

१) अनुशासन कायम

लाखौ अनुशासनहिन कार्यकर्ता भन्दा हजारौं अनुशासित कार्यकर्ता पार्टीका लागि उर्जा हुन, आशा हुन, भरौसा हुन । लोकतन्त्रको सुन्दर पक्ष चुनाव हो । चुनावबाट बिजयी ब्यक्तिको समर्थन गर्न सबैको कर्तव्य हो। चुनावबाट बिजयी ब्यक्तिहरुलाइ हारेका ब्यक्तिहरुको असहयोग नै अहिलेसम्मको नेविसंघ कमजोर हुनुको मुख्य कारण हो । एउटै संगठन भित्र रहेका एउटै थालमा भात खाएर हुर्केका हामीहरु आफैले आफुलाइ स्विकार्न नसक्नु पनि एउटा कारण हो ।

त्यसैले अब नेविसंघ नेतृत्वले सकिन्छ सहमतिमा सकिँदैन बिधानको आधारले इकाईदेखि केन्द्रसम्म आफ्ना संगठनका अनुसासन समिती बनाएर (नभएको ठाँउ र केन्द्रमा भएकै) भएका समितिलाइ चलायमान गरि अनुशासनको पालना नगर्नेलाई दण्डको व्यवस्था गर्नुपर्छ । यो इकाईदेखि केन्द्रसम्म लागू हुने गरेर मापदण्ड तयार गर्न आवश्यक छ । नेविसंघको आचारसंहिता बनाएर इकाई सदस्य देखीनै सपथ खुवाउने र नेविसंघ बिपरित काम गरे तत्काल निष्कासन गर्ने नीतिमा लाग्नु पर्छ । यसका लागि बिना आधार बिनाकारण बिना प्रमाण नेविसंघले नेविसंघलाई आरोप लगाइ गाली गर्ने, समाजिक संजाल रङ्गाउने प्रवृत्तिलाई अनुशासनको दायरामा ल्याइ निषेध गर्नुपर्छ । लोकतन्त्रमा मैले यसो भन्दै गर्दा आलोचना गर्न पाइदैन भनेको हैन, पाइन्छ।तर यसको लागि सिमित स्थान छन, क्राइटेरिया छ । बिरोधिको आवाज सुन्नु पर्छ । कुनैपनी विषयको पक्ष विपक्षमा उभिने र आफ्नै तर्क दिने सबैलाई छुट छ तर कसैबाट परिचालित भएर कुनै नेता वा कार्यकर्तालाई आरोप लगाउने अधिकार कसैलाई हुदैन । सिर्जनात्मक बहस गरौ, सकारात्मक कुरामा समर्थन गर्दै अनावश्यक प्रोपोगन्डा निषेध गर्ने रणनीति नेविसंघले तत्काल लागु गर्नुपर्छ ।

२) इकाई, प्रदेश र बिभाग समिति गठन

क) इकाई गठन

इकाई नेविसंघको जन्मथलो हो, विद्यार्थीलाई कुन किसिमको परिवेशमा हुर्काउने भनेर सिकाउने घर हो र कांग्रेसका लागि आगन, कोठा र घर सबै थोक हो । यसलाई देशभरिका सम्पुर्ण विद्यालय, क्याम्पसहरुमा तत्काल गठन गरिनु पर्छ । केन्द्रबाट प्रतिनिधि पठाउदा विवाद हुन्छ भने जिल्ला कमिटीले जिल्ला भरिका क्याम्पसमा प्रतिनिधि पठाएर इकाई अधिबेशन गराउनु पर्छ । बिबादास्पद ११ जिल्लाको हकमा भने केन्द्रबाट सहमतिमा केन्द्रिय सदस्यलाई प्रतिनिधि पठाएर गठन गराउनु पर्छ जसले गर्दा स्वच्छ नेविसंघको जन्म हुन सक्छ ।

ख) प्रादेशिक समिति गठन

नेविसंघको बिधान २०२७ (परिमार्जित र संसोधित २०७३) को नियमावली २०७३ अन्तरगत परिच्छेद ९ को ४ मा व्यवस्था भएअनुसार प्रादेशिक समिती गठन गर्नुपर्छ । प्रादेशिक समिति गठन भएपछि थुप्रै विद्यार्थी साथिहरु आफ्नो प्रोटोकल पाउछन्। विद्यार्थी आन्दोलन शसक्त गर्नमा र प्रदेश सरकारका नकारात्मक कामको विरुद्ध आवाज उठाउन सक्छ त्यसैले तत्काल नेविसंघको प्रादेशिक समिति गठन गरिनु पर्छ । प्रदेश समितिमा पनि बिभागिय समिति सम्पर्क समिती गठन गरिनुपर्छ । जसले काम गर्ने सकिन्छ विद्यार्थीलाई जिम्मेवारी बोध हुन्छ र हुँदै थुप्रै योग्यता पुगेका साथिहरु स्थान पाउछन् नेविसंघ बलियो हुन्छ ।

ग) बिभागिय समिति गठन

बिभाग आफू निकटका व्यक्तिलाई एडजष्ट गर्ने ठाँउ भएको छ, ब्यक्ति एडजष्ट भएपनि नेविसंघ एडजष्ट हुन सकेन । अब बिभाग नेविसंघको बनाउनु पर्छ, नेविसंघलाई एडजष्ट गर्ने बनाउनु पर्छ । क्षेत्र, स्थान, परिस्थिति र विषय अनुसार बिज्ञ ब्यक्तिलाई बिभागमा ल्याउनु पर्छ । त्यसका लागि विषय बिज्ञ छानेर उनीहरुलाइ समेटेर प्रादेशिक र केन्द्रिय बिभाग छिटोभन्दा गठन गर्नुपर्छ।

३) सांगठनिक सुधारात्मक प्रशिक्षण कार्यक्रम

नेविसंघको मेरुदण्ड अर्थात विद्यार्थी संग घुलमिल हुने केन्द्रदेखी इकाई सदस्यसम्म निष्क्रिय भएपछि नेविसंघ क्रियासिल बनाउन सम्भव छैन त्यसैले तत्काल सम्पुर्ण विद्यार्थी संग घुलमिल गराउन सक्ने इकाईदेखि केन्द्रसम्म बाकी रहेका सम्पर्क समिती, प्रदेशिक समिती बिभागिय समितिलाइ पुर्णता दिनुपर्छ । प्रत्येक इकाईमा जिल्लाबाट जिल्लामा प्रदेशबाट प्रदेशमा केन्द्रबाट प्रतिनिधि पठाएर प्रशिक्षण कार्यक्रम गर्नुपर्छ । यसले अहिले निष्क्रिय रहेका थुप्रै विद्यार्थी नेताहरु अवसर पाउँछन्, संगठन बिस्तारमा सकारात्मक संदेश जान्छ । यसबाट विद्यार्थीका समस्याहरु थाहा पाउन सकिन्छ नेविसंघलाई शिक्षा नितिमा लोकप्रिय विद्यार्थी प्रिय बनाउन सकिन्छ ।

अहिले हामिमा देखिएको सबैभन्दा ठुलो कमजोरी भनेको हाम्रा विद्यार्थी नेता र कार्यकर्तालाई कुनैपनी प्रशिक्षण नदिनु हो । नेविसंघलाई चलायमान बनाउनको लागि उमेरले नभै कार्यक्षमताले कुन ब्यक्तिले कतिसम्म ग्यान, सीप वा कला भनेर एकिन गरेर जिम्मेवारि दिनुपर्छ ।

नेविसंघको सदस्यता कार्ड दिदैमा कोहिपनी नेविसंघ हुदैन, नेविसंघ हुनको लागि नेविसंघको स‌‌‌‌क्षिप्त इतिहास थाहा हुनुपर्यो । विद्यार्थी आन्दोलनक उपलब्धिको बारेमा थाहा हुनुपर्यो । यी यथावत कुरापनि थाहा नहुने कसरी नेविसंघ हुन सक्छ? यदि यी कुरा थाहा नहुदा नहुदै कोहि नेविसंघको नेता हुन्छ भने उ गुटे कसैबाट परिचालित नेविसंघ हुन्छ। परिचालित नेविसंघ नेविसंघको लागि भाइरस हो । त्यसैले यी सबै समस्या समाधानको लागि केन्द्रले प्रत्येक प्रदेश, प्रत्येक प्रदेशले प्रत्येक जिल्ला, प्रत्येक जिल्लाले प्रत्येक इकाईमा प्रशिक्षण अभियान चलाउनु पर्छ । जसले हाम्रो इतिहास बताउँछ, भबिस्यलाई देखाउछ, भाबी योजना बनाउछ र आम विद्यार्थीका समस्या देखाउदै समाधानको बाटोसम्म पुर्याउछ । यसले प्रदेशिक बिभाग लगायतका बाकी सम्पुर्ण बिभाग गठन गरिनु पर्छ जसले हाम्रो इतिहास बर्तमान हाम्रा आन्दोलनका उपलब्धि सम्पुर्ण विद्यार्थी सम्म पुर्याउन सहयोग पुर्याउछ ।

४) मिडिया रणनीति

देशमा भएका सम्पुर्ण ठुला-साना परिवर्तनमा नेविसंघको योगदान, संघर्ष, त्याग र विद्यार्थी प्रतिको प्रतिबद्धता हेर्ने हो भने नेविसंघलाई कसैसँग पनि तुलना गर्न सकिँदैन । नेविसंघ देशको सबैभन्दा पुरानो र ठुलो बिश्व-विद्यालय हो । यसले हरेक कठिन परिस्थितिको सामना गर्न सिकाएको छ, संघर्समा उत्रिएर समस्याको समाधान गर्ने सिकाएको छ । देश संक्रमणकालमा गुज्रिएको बेला समस्या समाधान गर्दै सफलताको बाटो सम्म पुर्याएको छ तर केही समय यता नेविसंघ आफैमा रुमल्लिएको छ। आफुले गरेका परिवर्तनको इतिहास नजान्ने अवस्थामा पुगेको छ। नेविसंघका सानोतिनो गल्तिहरु तिलको पहाड भएर मिडियामा आउने गरेका छन । आफैले गरेका सकारात्मक कामलाई विपक्षले मोडेर नकारात्मक बनाइ रहेका बेला पनि हामी बोल्न सकिरहेका छैनौ यसको लागि सम्पुर्ण सत्यतथ्य कुरा आम जनता र विद्यार्थी माझ पुर्याउन सक्ने मिडिया नीति ल्याउनु आवश्यक छ। आफ्नो धारण के हो ?? त्योलाइ कसरी सम्पुर्ण विद्यार्थी समक्ष पुर्याउने भनेर नेविसंघले सोच्नु अत्यावश्यक छ । विकसित टेक्नोलोजीबाट नेविसंघलाई संचारको दुनियामा अगाडि बढाउन सक्नु पर्छ तब मात्रै नेविसंघ नेपाली कांग्रेसको प्रगति हुनेछ । त्यसैले अब इकाई देखि केन्द्रसम्म अभियान चलाएर मिडिया मैत्री बनाउनु पर्छ।

निष्कर्ष :

हुर्केको घरको संरक्षण गरेर यसलाई भित्रैबाट मनन गरेर परिचालित नभै स्वचालित भएर केही गर्ने हो भने अझै पनि नेविसंघ भित्र थुप्रै साथिहरुलाइ एडजष्ट गर्ने ठाँउहरु खाली छन । देशभरीमा नेविसंघ नै बिजयी भएको छ, विद्यार्थीवर्गको अधिकारको लागि बिश्वास र भरौसा नेविसंघ नै हो । यसलाई रियल विद्यार्थीको बनाउने हो भने अझै धेरै सुधार आवश्यक छ। यसको लागि इकाईदेखि केन्द्रसम्म सबैले सुधारिनु अत्यावश्यक छ । र अन्तमा शिक्षा नीति सुधारको लागि लोकतन्त्रमा नेविसंघ बाहेक अरुको विकल्प छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ