arrow

अरुण तेस्रोको कार्यालयमा सकेट बम विस्फोट

logo
प्रकाशित २०७५ जेठ ३० बुधबार
bomb.jpeg.jpeg

संखुवासभा । अज्ञात समूहले तुम्लिङटारस्थित अरुण तेस्रो आयोजनाको कार्यालय परिसरमा आज बिहान तीन वटा सकेट बम विस्फोट गराएको छ ।

बम विस्फोटबाट कुनै मानवीय क्षति नभएको र सो स्थानमा कडा सुरक्षा व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख श्याम सारुमगरले बताए ।  उनका अनुसार तुम्लिङटारस्थित सम्पूर्ण होटल, गाउँ वस्तीमा सुरक्षा जाँच कडा गरिएको छ ।

पटकपटक सो कार्यालयलाई लक्ष्य गरी बम विस्फोट गराउँदै आएको नेकपा ‘विप्लव समूह’ ले गत वैशाख १८ गते पनि बम विस्फोट गराएको थियो । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ