arrow

ट्रम्प-किम वार्ताको रुसद्वारा स्वागत

logo
प्रकाशित २०७५ जेठ ३० बुधबार

मस्को ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच भएको प्रत्यक्ष भेटवार्ताको रुसी प्रशासन केन्द्र क्रेमलिनले स्वागत गरेको छ ।

ट्रम्प र किमबीच भएको अभूतपूर्व वार्ताको क्रेमलिनले स्वागत गरेको हो । यसरी प्रत्यक्ष उपस्थित भई दुई नेताबीचको वार्ता स्वागतयोग्य भएको क्रेमलिनका प्रवक्ता दमित्रि पेस्कोभले पत्रकारहरुलाई बताए ।

मङ्गलवार सिङ्गापुरमा उत्तर कोरिया र अमेरिकी नेताबीच भएको वार्तापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएको निम्तो नेता किम जोङ उनले स्वीकार गरेका छन् ।  सिङ्गापुरमा दुई नेताबीच भएको शिखर बैठकका बेला ट्रम्पले किमलाई ह्वाइट हाउसमा भ्रमणको निम्तो दिएका थिए । साथै किमले पनि ट्रम्पलाई उत्तर कोरिया भ्रमणको निम्तो दिएका छन् ।

भ्रमणको निम्तोले दुई नेताबीचको सम्बन्ध अझै प्रगाढ हुने विश्वास गरिएको छ । तर केही आलोचकहरूले भने उत्तर कोरियाली नेताका लागि यो प्रचारबाजीको अर्को मौका भएको पनि बताएका छन् ।  अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमको प्रयत्क्ष भेटवार्ताको विश्वले नै स्वागत गरेको छ । यस वार्ताले कोरियाली प्रायद्वीपमा द्वन्द्व समाप्त हुने अपेक्षा गरिएको छ ।

यस वार्ताको सफलताले दुई कोरियाबीच वर्षौदेखि छुट्टिएका दाजुभाइ, दिदीबहिनी र परिवारजनको पुर्मिलनको सुनौलो आशा पलाएको छ । एएफपी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ