arrow

लागु पदार्थ तथा अवैध तस्करीविरुद्धको दिवस मनाइने

logo
प्रकाशित २०७५ जेठ ३० बुधबार
Taplejung_District.png

ताप्लेजुङ । हरेक जुन २६ तारिखका दिन मनाइने अन्तर्राष्ट्रिय लागु पदार्थ तथा अवैध तस्करीविरुद्धको दिवस ताप्लेजुङमा पनि साताव्यापी कार्यक्रमका साथ मनाइने भएको छ ।

जिल्ला प्रशासन कार्यालयको अगुवाइमा आज बसेको सरोकारवालाबीचको बैठकले असार ५ गतेबाट सचेतनामूलक कार्यक्रम शुरु गरी असार १२ गते समापन गर्ने निर्णय गरेको हो ।

लागु पदार्थ तथा अवैध तस्करी न्युनीकरणका लागि विभिन्न सचेतनामूलक कार्यक्रमका साथ यो दिवस मनाउन लागिएका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए ।

जिल्लाका प्रत्येक माध्यमिकस्तरका विद्यालयमा लागुऔषध नियन्त्रण तथा यसका कानुनी प्रक्रिया र असरका विषयमा विद्यार्थी तथा अभिभावकलाई जानकारी गराउने, सम्पूर्ण स्थानीय तहका जनप्रतिनिधिलाई आ–आफ्नो क्षेत्रमा लागुऔषधको विषयमा सचेतनामूलक कार्यक्रम गर्न अनुरोध गर्ने, ग्रामीण क्षेत्रमा रहेका महिला स्वास्थ्य स्वंमसेविकालाई टोलटोलमा पठाई लागु औषधका विषयमा सचेतनामूलक जानकारी गराउन लगाउने लगायतका कार्यक्रम गरिने निर्णय भएको छ ।

यसैबीच जिल्ला स्वास्थ्य कार्यालय र जिल्ला प्रहरी कार्यालयले लागुऔषध नियन्त्रण र यसका असरका विषयमा पर्चा पम्पप्लेट वितरण तथा प्रचार–प्रसार गर्ने साथै यस अभियानका क्रममा गाँजा खेती गरिएका क्षेत्रको पहिचान गरी नष्ट गर्ने निर्णय भएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ