arrow

नेपालले पायो पहिलो महिला राष्ट्रपति

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
955077705.jpeg

काठमाडौं। नेपालले राष्ट्रप्रमुखका रुपमा पहिलो पटक महिला राष्ट्रपति पाएको छ। संविधान घोषणापछिको पहिलो राष्ट्रपतिमा भणडारी निर्वाचित हुनु भएको हो।उहाँ नेपालको पहिलो महिला राष्ट्रपति र गणतन्त्र नेपालको दोस्रो राष्ट्रपति बन्नु भएको छ। नेपालको पहिलो राष्ट्रपति डा. रामवरण यादव पछिको कार्यकाल सम्हाल्ने जिम्मेवारी भण्डारीले पाउनु भएको हो।

नेकपा एमालेबाट राजनिती गर्नु भएकी भण्डारी ‘जनताको बहुदलिय जनवाद’का प्रणेता स्व. मदन भण्डारीकी पत्नी हुनुहुन्छ। विद्यार्थी जिवनदेखि नै राजनितीमा संगलग्न भण्डारीले रक्षा मन्त्रीको रुपमा पनि काम गरिसक्नु भएको छ।

भण्डारी एमालेसहितको सत्ता गठबन्धनको साझा उम्मेदवार बन्नु भएको थियो।उहाँको प्रस्तावकमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र समर्थकमा राप्रपा नेपालका अध्यक्ष कमल थापा, मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजय गच्छदारलगायत रहनु भएको थियो।

नेपाली काँग्रेशका उम्मेद्वार बरिष्ठ नेता कुल बहादुर गुरुङलाई पराजित गर्दै भण्डारी राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो। भण्डारीको जन्म बिस. २०१८ साल भोजपुरमा पाण्डे परिवारमा भएको थियो। भण्डारी नेकपा एमालेकी उपाध्यक्ष हुनुहुन्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ