arrow

मलाई पहिलेदेखि नै ब्राजिल मन पर्छ –राजुकाजी शाक्य [अन्तर्वार्ता]

logo
प्रकाशित २०७५ जेठ ३१ बिहिबार
rajukaji-shakya.jpg

काठमाडौं । विश्वकप फुटबलको २१ औं संस्करण बिहिबारदेखि रुसमा सुरु हुँदै गर्दा विश्वकपमा नपुग्ने राष्ट्रका फुटबलप्रेमीहरु आ–आफ्नो टिम रोजेर खेल हेर्ने गर्छन् । 

यसै सन्दर्भमा हाम्राकुराले नेपाली राष्ट्रिय टिमका पूर्व खेलाडी एवं प्रशिक्षक राजुकाजी शाक्यसंग पनि विश्वकपको मनपर्ने टिमदेखि खेल हेर्ने कार्यक्रम सम्बन्धमा छोटो प्रतिक्रिया लिएको छ । 

हाम्राकुरा– विश्वकप कत्तिको लाग्दैछ ? 
शाक्य–लाग्छ विश्वकप । त्यसबाटै हामीले धेरै सिक्छौं । जीवन नै फुटबलमा बित्यो । 

हाम्राकुरा–समर्थन कुन टिमको गर्नुहुन्छ नि ?
शाक्य – म त पहिलेदेखि नै ब्राजिलको समर्थक हो । 

हाम्राकुरा – के छ त्यस्तो ब्राजिलसंग ? 
शाक्य – धरानमा हामी सानोमा सर्ट पास खेल्थ्यौं । ब्राजिल पनि सर्ट पास खेल्ने । उनीहरुको त्यही पास सिकियो । अनि पेलेको नाम सुनें । टिम पनि असाध्यै राम्रो । ब्राजिल जहिले पनि बलियो टिम छ । यसअघिको विश्वकप भने राम्रो हुन सकेन । त्यो इतिहासकै कालो दाग थियो । त्यतिबेलाको पाठ सिके होला ब्राजिलले । अहिले राम्रो छ । 

हाम्राकुरा– ब्राजिलले के सिक्नुपर्छ ? 
शाक्य – ब्राजिलको एट्याकिङ गेम छ । डिफेन्सिभ पनि हुन सिक्नुपर्छ । 

हाम्राकुरा– मनपर्ने खेलाडी ? 
शाक्य– मनपर्ने खेलाडी त सबैले भनेजस्तै भन्ने हो । चर्चामा उनै छन् । टिभीमा तिनै आउँछन् –नेइमार, मेस्सी (लियोनल मेस्सी) र रोनाल्डो (क्रिष्टियानो रोनाल्डो) । 

हाम्राकुरा – यसपटक विश्वकप कसले जित्ला त ? 
शाक्य – विश्वकपका लागि धेरै टिम दावेदार छन् । मैले त ब्राजिलले नै भन्ने हो । जुन मनपर्छ उसैले जितोस् भन्ने हो । 

हाम्राकुरा – कसरी हेर्ने तालिका बनाउनु भएको छ खेल ? 
शाक्य – उद्घाटन घरमै हेर्छु । अरु खेल पनि धेरैजसो घरमै बसेर हेर्न मन पर्छ परिवारसंग । समूहमा बसेर खेल हेर्दा हल्ला बढी हुन्छ । त्यसरी मलाई मज्जा आउँदैन । 

हाम्राकुरा – कुन कुरालाई ध्यान दिनुहुन्छ नि खेल हेर्दा ? 
शाक्य– म प्रशिक्षक पनि भएकाले नयाँ कुरा सिक्न सकिन्छ कि भनेर हेर्छु । म सिक्नका लागि तयार भएको हुन्छु । त्यो कुरा पछि खेलाडीलाई सिकाउन सजिलो हुन्छ । 

Image may contain: 1 person, standing and indoor

Image may contain: 1 person, standing



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ