arrow

जर्मनीसंग सबै मेस्सी, सबै नेइमार र सबै रोनाल्डो छन् – शाही [अन्तर्वार्ता]

logo
प्रकाशित २०७५ जेठ ३१ बिहिबार
birat-jung-shahi.jpg

काठमाडौं । विश्वकप फुटबलको २१ औं संस्करण बिहिबारदेखि रुसमा सुरु हुँदै गर्दा विश्वकपमा नपुग्ने राष्ट्रका फुटबलप्रेमीहरु आ–आफ्नो टिम रोजेर खेल हेर्ने गर्छन् । 

यसै सन्दर्भमा हाम्राकुराले नेपाली राष्ट्रिय टिमका पूर्व खेलाडी, प्रशिक्षक एवं अखिल नेपाल फुटबल संघ एन्फाका पूर्व कोषाध्यक्ष विराटजंग शाहीसंग विश्वकपको मनपर्ने टिमदेखि खेल हेर्ने कार्यक्रम सम्बन्धमा छोटो प्रतिक्रिया लिएको छ । 

हाम्राकुरा– विश्वकप कत्तिको लाग्दैछ ? 
शाही – विश्वकप लागिहाल्छ नि ।
हाम्राकुरा–समर्थन कुन टिमको गर्नुहुन्छ नि ?
शाही – म त पहिलेदेखि नै जर्मनीको समर्थक हो । 
हाम्राकुरा – के छ त्यस्तो जर्मनीसंग ? 
शाही – सन् २००६ मा विश्वकप हेर्न जर्मनी पुगेको थिएँ । जर्मनीको सबै चिज मन पर्छ । खेलाडीदेखि दर्शकसम्म सबै ठीक छन् । 
हाम्राकुरा– जर्मनीको टिम कस्तो छ ? 
शाही – जर्मनीको टिम निकै राम्रो छ । 
हाम्राकुरा– कुन खेलाडी छन् त्यस्तो आकर्षण र ?  
शाही – जर्मनी त्यस्तो टिम हो जहाँ सबै खेलाडी मेस्सी छन्, सबै खेलाडी नेइमार छन्, सबै खेलाडी रोनाल्डो छन् । 
हाम्राकुरा – कसरी हेर्ने तालिका बनाउनु भएको छ खेल ? 
शाही – यो मनोरञ्जन पनि हो । साथीहरुसंग बसेर हेरिन्छ । बियर खाँदै हेर्नुको मज्जा बेग्लै हुन्छ । 

हाम्राकुरा – तपाई त प्रशिक्षक र व्यवस्थापक पनि हेर्दा अलि फरक केही हुन्छ कि ?
शाही – पहिले पहिले त्यसरी नै हेर्थें । यस्तो गर्नुपर्दो रैछ भनेर सिक्न पनि हेरियो । यसपटक साथीहरुसंग बसेर मनोरञ्जन लिएर हेर्ने हो । 

हाम्राकुरा – विशेष योजना छ कि ? 
शाही – छ । सेमिफाइनल र फाइनल प्रोजेक्टर राखेर हेर्ने योजना बनाएका छौं । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ