arrow

हामीलाई सहयोग गर्ने जर्मनी नै मनपर्छ – उपेन्द्रमान सिंह [अन्तर्वार्ता]

जर्मनीको फुटबल कल्चर राम्रो छ 

logo
प्रकाशित २०७५ जेठ ३१ बिहिबार
upendra-man-singh.jpg

काठमाडौं । विश्वकप फुटबलको २१ औं संस्करण बिहिबारदेखि रुसमा सुरु हुँदै गर्दा विश्वकपमा नपुग्ने राष्ट्रका फुटबलप्रेमीहरु आ–आफ्नो टिम रोजेर खेल हेर्ने गर्छन् । 

यसै सन्दर्भमा हाम्राकुराले नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान, राष्ट्रिय टिमका गोल प्रशिक्षक एवं अखिल नेपाल फुटबल संघ एन्फाका उपाध्यक्ष उपेन्द्रमान सिंहसंग विश्वकपको मनपर्ने टिमदेखि खेल हेर्ने कार्यक्रम सम्बन्धमा छोटो प्रतिक्रिया लिएको छ । 

हाम्राकुरा– विश्वकप कत्तिको लाग्दैछ ? 
सिंह – लाग्दैछ । मिलाएर हेर्ने क्रममा छु । 

हाम्राकुरा–समर्थन कुन टिमको गर्नुहुन्छ नि ?
सिंह – म त पहिलेदेखि नै जर्मनीको समर्थक हो । 

हाम्राकुरा – के छ त्यस्तो जर्मनीसंग ? 
सिंह – जर्मनीले हामीलाई धेरै दिएको छ । मैले त जर्मनीबाट खेल्न पनि सिकें प्रशिक्षण पनि सिकें । सबै कुरा जर्मनीले दिए जस्तो लाग्छ । म सन् १९९१ मा जर्मनीमा गएर सिकें । फेरि सन् १९९३ मा पनि गएँ । सन् २०११ मा प्रशिक्षण पनि त्यहीं सिकें । त्यतिमात्र होइन नेपालमा जर्मनीकै प्रशिक्षक आएर सबैलाई सिकाए । यो हाम्रा लागि निकै राम्रो हो ।

हाम्राकुरा– जर्मनीको टिम कस्तो छ ? 
सिंह – जर्मनीको टिम निकै राम्रो छ । विश्वकपमा राम्रो नतिजा ल्याएको छ । सधैको दावेदार टिम हो । उनीहरुका एकसे एक खेलाडी छन् । 

हाम्राकुरा– जर्मनीमा फुटबल क्षेत्र कस्तो हुँदो रहेछ ? 
सिंह – जर्मनीमा सबैभन्दा ठूलो कुरा फुटबल कल्चर छ । त्यहाँको बुन्डेस्लिगा लिग राम्रो छ । क्लवहरु राम्रा छन् । रंगशालाको टिम चेनअप राम्रो छ । दर्शक पनि त्यत्तिकै राम्रा छन् । 

हाम्राकुरा – कसरी हेर्ने तालिका बनाउनु भएको छ खेल ? 
सिंह – साथीहरुसंग हेर्ने सोच छ ओपनिङ चाहीं । दरबारमार्गमा साथीहरुसंग हेर्दैछौं । 

हाम्राकुरा – तपाई त प्रशिक्षक र व्यवस्थापक पनि हेर्दा अलि फरक केही हुन्छ कि ?
सिंह – हो म फरक दृष्टिले हेर्छु । हामीले विश्वकपका खेलबाट धेरै सिक्न सकिन्छ । त्यही सिकेको कुरा एप्लाइ गर्ने हो । त्यसका लागि कोशिस गर्छौं । प्रशिक्षकको हिसाबले नै बढी हेर्छु । आयोजनाबाट पनि धेरै सिक्न सकिन्छ । व्यवस्थापन गर्ने कुरा पनि सिक्न सकिन्छ । 

हाम्राकुरा – जर्मनीको खेलमा विशेष ध्यान के मा दिनुहुन्छ ? 
सिंह – चेन्जेज के मा छ त्यो हेर्ने हो । सन् २०१० मा पास दिने कल्चर थियो । सन् २०१४ मा स्पिड भयो । एट्याक थियो । अहिले के हुन्छ हेर्नुपर्छ । 

विश्वकप कसले जित्ला ? 
सिंह – जित्न त जर्मनीले नै जित्छ भन्ने हो तर ब्राजिल र अर्जेन्टिना पनि राम्रा छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ