arrow

विश्वकप फुटबल: ईतिहास, रोचक घट्ना, तथ्य र केही बिशेषताहरुको समिश्रण

फिफाका अध्यक्ष जुलेस रिम्याटको नामबाट यो प्रतियोगिता आयोजना सुरु

logo
चिरन्जिवी आचार्य
प्रकाशित २०७५ जेठ ३१ बिहिबार
worldcup-2018-2.jpg

काठमाडौं। विश्वकप फुटबलको उद्घाटन खेलाम आयोजक रुस र एसियाको टोली साउदी अरेबिया आमने-सामने हुँदैछन्। आजबाट रुस विश्वकप २०१८ सुरु हुँदैछ ।

रसियामा पहिलो पटक २१ औं संस्करणको विश्वकप प्रतियोगिता सुरु हुन गइरहेको छ । विभिन्न ३२ टोलीहरुले भाग लिएको यो प्रतियोगतिको लागि सात सय ३६ खेलाडीहरुका साथमा टोलीका अधिकारीहरु पनि रुस पुगिसकेका छन् । 

विश्वकप फुटबलको इतिहास 
विश्वकप फुटबल सन् १९३० मा सुरु भएको थियो । यसलाई त्यतिबेला फिफाका अध्यक्ष जुलेस रिम्याटको नामबाट यो प्रतियोगिता आयोजना सुरु गरिएको थियो । रिम्याट फिफाका पहिलो अध्यक्ष पनि हुन् । 

तीनपटक विश्वकपको उपाधि जितिसकेको कारण उसको उपलब्धिको सम्मान गर्दै उसलाई जुलियट रोमिट ट्रफी स्थायीरुपमा प्रदान गरिएको थियो ।

सन् १९९८ मा विश्वकपलाई फिफाले विस्तारित बनाउन निर्णय गर्‍यो र यो विश्वकपबाट ३२ टोलीहरुले विश्वकपमा सहभागिता जनाउँदै आएका छन् । सन् २००२ मा पहिलोपटक एसियामा विश्वकप फुटबल आयोजना भएको थियो भने सन् २०१० मा अफ्रिकामा पहिलोपटक यो प्रतियोगिताको आयोजना गरिएको थियो । 

विश्वकपका केही विशेषताहरु
रुस विश्वकप आउन अब केवल २० दिन बाँकी छ। विश्वकप सुरु हुँदाको समयमा र अहिलेको फुटबलमा धेरै परिवर्तन भइसकेको छ। रुसमा अहिले हुन गइरहेको विश्वकप इतिहासको २१ औं विश्वकप प्रतियोगिता हो। 

हालसम्मा आयोजना भएका २० विश्वकप प्रतियोगितामा विभिन्न आठ टोलीहरु विजयी भएका छन्। विश्वकपको उपाधि जित्ने टोलीहरुमा जर्मनी, स्पेन, इटाली, ब्राजिल, फ्रान्स, अर्जेन्टिना, इंगल्याण्ड र उरुग्वे रहेका छन्। 

आधुनिक ट्रफीको उचाइ ३६ दशमलव ८ सेन्टिमिटर रहेको छ। यो ट्रफी १८ क्यारेटको सुनबाट बनाइएको छ भने यसको तौल ६१७५ ग्राम रहेको छ। सन् २०१८ को विश्वकप जुन १४ बाट रुसमा सुरु हुँदैन। विश्वकपको फाइनल जुलाई १५ मा हुनेछ।

विश्वकपका विविदित घटनाहरु 
कुनै पनि खेलमा जित सबैभन्दा ठुलो कुरा हो, त्यसैले जित हासिल गर्नका लागि खेलाडीहरुले सकेसम्मको हतकण्डा अपनाउने गर्छन् । विश्वकपको इतिहासमा यस्ता धेरै घटनाहरु भएका छन्, जसमध्येका मुख्य विवादित घटनाहरुको यहाँ वर्णन गरिएको छ ।

विश्वकपमा छनोट नभएका ठुला टोलीहरु
रुस विश्वकपमा केही टोलीहरुले लामो समयको अन्तरालपछि फुटबलको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता खेल्ने मौका पाएका छन् भने केही यसअघिको विश्वकपमा निकै राम्रो प्रर्दशन गर्दै आएका र धेरैपटक विश्वकप खेलेका केही मुलुकहरु भने छनोट भएका छैनन् । 

नेदरल्याण्डस्,इटाली,चिली,बोस्निया एण्ड हर्जगोभिना, घाना, ग्रीस, आयरल्याण्ड , अमेरिका , वेल्स, क्यामरुन ,आइभरी कोस्ट, चेक गणतन्त्रजस्ता मुलुकहरु विश्वकपमा देखिने छैनन् 

विश्वकप गुमाउने चर्चित खेलाडी
यो विश्वकपमा अनुपस्थित हुने पक्का भएका खेलाडीहरुमा करिम बेन्जेमा शीर्षस्थानमा रहेका छन् । यो विश्वकप छुटाउने अर्को महत्वपूर्ण खेलाडीको नाम हो– एलेक्स अक्सलेड चाम्बर्लियन । लिभरपुलका यी मिडफिल्डर अहिले घुँडाको चोटको कारण आराम गरिरहेका छन् । रेड्स च्याम्पियन्स लिगको सेमिफाइनलमा देखिएको चोटको कारण उनी अहिले आराम गरिरहेका हुन् ।  

विश्वकपका संभावित चर्चित हुने खेलाडीहरु 

लियोनेल मेस्सी, अर्जेन्टिना, क्रिस्टियानो रोनाल्डो, पोर्चुगल, नेयमार, ब्राजिल, लुइस स्वारेज, उरुग्वे, थोमस मुलर, जर्मनी, आन्द्रेस इनिस्टा, कायलिन एम्बाप्पे सूचीके शीर्षस्थानमा छन्

पुरस्कार राशी
यो वर्षको रसिया विश्वकप फुटबलमा सहभागी ३२ टोलीदेखि उपाधी विजेता सम्मका लागि ४० करोड अमेरिकी डलर अर्थात् ४३ अर्ब ३२ करोड नेपाली रुपयाँ भन्दा बढी खर्च हुने भएको छ । नेपाल राष्ट्र बैंकले आजका लागि अमेरिकी डलरको बिक्रीदर प्रति डलर १०८ रुपैयाँ ३१ पैसा तोकेको छ । यो रकम राष्ट्र बैंकबाट किनेर विश्कप फुटबलमा सहभागी ३२ राष्ट्रदेखि उपाधी विजेतासम्मलाई दिनु परेमा ४३ अर्ब ३२ करोड ४० लाख रुपैयाँ खचिर्नुपर्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ