arrow

जब विश्वकपको एक दिनअघि प्रशिक्षक हटाइए तब के भयो होला स्पेनलाई 

logo
प्रकाशित २०७५ जेठ ३१ बिहिबार
julen-lopetegui1.jpg

काठमाडौं । विश्वकप फुटबल सुरु हुन एक दिन अगाडि जब स्पेनले आफ्ना मुख्य प्रशिक्षक हटायो तब के भयो होला टिममा ? यो निर्णय निकै कठोर भएको स्पेनी फुटबल संघका अध्यक्षले जनाएका छन् । 

तर प्रशिक्षक जुलेन लोपेटेग्युले संघसंग सल्लाह नै नगरी स्पेनिस क्लव रियाल मड्रिडको प्रशिक्षकको जिम्मेवारी स्वीकार गरेपछि एफएले कडा र कठोर निर्णय गरेको थियो । 

बुधबार ५१ वर्षीय प्रशिक्षक लोपेटेग्युलाई रुसको मस्कोबाट मड्रिड फिर्ता गराइएको छ । 

स्पेनले फिर्ता बोलाएकोमा दुःख व्यक्त गर्दै लोपेटेग्युले विश्वकपको लागि निकै राम्रो तयारी भइरहेको अवस्थामा फिर्ता बोलाइएकोमा आफू निराश रहेको बताए । 

उनले आफूहरुसँग निकै बलियो टोली रहेको र यसपटकको विश्वकप पनि जित्नसक्ने विश्वास व्यक्त गरे । 

उनलाई फिर्ता बोलाइएसँगै स्पेनले फर्नान्डो हिएरोलाई नयाँ प्रशिक्षकको रुपमा मस्को पठाएको छ । मंगलबार लोपेटेग्युले रियल मड्रिडको प्रशिक्षकको प्रस्ताव स्वीकार गर्ने निर्णय गरेका थिए । 

यससँगै स्पेनिस फुटबल संघले २० लाख युरो बराबरको रकम गुमाउने भएको छ । स्पेनले आफ्नो टोलीबाट लोपेटेग्युलाई हटाएसँगै क्षतिपूर्तिबापतको रकम स्पेनिस फुटबल संघले गुमाउने भएको हो । 

स्पेनी फुटबलका अधिकारीहरुले भने पैसाभन्दा पनि अरु धेरै महत्वपूर्ण कुराहरु रहेको बताए । गएको महिना मात्र लोपेटेग्युसँग स्पेनले दुई वर्षको लागि सम्झौता गरेकोमा उनले रियाल मड्रिडसँग सम्झौता गरेपछि स्पेनले त्यसको बदलामा उनले नेतृत्वमा विश्वकप नखेल्ने निर्णय गरेको हो ।

पोर्चुगलसँगको खेल हुनुभन्दा दुई दिनअघि मात्र आएको यस किसिमको समाचारले स्पेनको टोलीमा असर पार्नसक्ने बताइएको छ । 

यद्यपि खेलाडीहरुले भने आफूहरु टोलीको लागि शतप्रतिशत दिन तयार रहेको बताएका छन् । 

नयाँ प्रशिक्षकले पनि स्पेनको टोली एक किसिमबाट अघि बढिरहेको र यसलाई अहिलेकै अवस्थाबाट अघि बढाउने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ