arrow

विश्वकपमा मेस्सी र रोनाल्डोमा को अगाडि ?

logo
प्रकाशित २०७५ जेठ ३१ बिहिबार
messi-ronaldo.jpg

काठमाडौं । विश्व फुटबलमा लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोको सबैभन्दा बढी चर्चामा रहने खेलाडीहरु हुन् । उनीहरुको खेल चलिरहँदा समग्र विश्व नै दुई भागमा विभाजित हुने गरेको छ । रुस विश्वकपका लागि पनि यी दुई खेलाडीहरु र उनीहरुको टोलीको विषयमा व्यापक चर्चा भइरहेको छ ।

विश्वका प्रमुख खेलाडीको रुपमा लामो समयदेखि आफ्नो राम्रो छाप छाड्दै आएका यी दुवै खेलाडीका लागि यो चौथो विश्वकप हो । यो महिना यी दुई खेलाडीको प्रदर्शनमा धेरैको आँखा पुग्नेछ ।
उनीहरुले विश्वकपमा अहिलेसम्म गरेको प्रदर्शन यस्तो छ –

यी दुवै खेलाडीहरुले जर्मनीमा भएको सन् २००६ को विश्वकपमा आफ्नो पहिलो सहभागिता जनाएका थिए । सन् २००६ मा लियोनेल मेस्सी अर्जेन्टिनाका लागि त्यति धेरै महत्वपूर्ण थिएनन् । उनले तीन खेलमा मात्र सहभागिता जनाएका थिए । सो विश्वकपमा उनले एक गोल गरेका थिए भने एक गोलमा सहयोगीको भूमिका निर्वाह गरेका थिए । सो विश्वकपको क्वार्टरफाइनलमा भएको खेलमा भने उनी बेन्चमा बसेका थिए ।

पोर्चुगलका रोनाल्डोले पनि सन् २००६ को विश्वकपमा विश्वकपको डेब्यु गरेका थिए । उनले इरानविरुद्ध गोल पनि गरेका थिए । यो उनको विश्वकपको पहिलो गोल हो । सो विश्वकपमा पोर्चुगलका लागि उनले छ खेलमा सहभागिता जनाएका थिए । पोर्चुगल विश्वकपमा चौथो भएको थियो ।

सन् २०१० मा दक्षिण अफ्रिकामा भएको विश्वकप प्रतियोगितामा मेस्सी अर्जेन्टिनाका सबैभन्दा भरपर्दा खेलाडी बन्न पुगेका थिए । यद्यपि यो प्रतियोगितामाा मेस्सीले खेलेका पाँच खेलमा कुनै पनि गोल गर्न भने सकेनन् । उनले यो प्रतियोगितामा तीन गोलमा सहयोगीको भूमिका निभाएका थिए । क्वार्टरफाइनलमा अर्जेन्टिना जर्मनीसँग ४–० ले पराजित भएको थियो ।

दक्षिण अफ्रिका विश्वकपमा रोनाल्डो पनि पोर्चुगलको लागि महत्वपूर्ण हतियार बनेका थिए । यो विश्वकपमा उत्तर कोरियालाई पोर्चुगलले ७–० ले पराजित गरेको थियो । यो रोनाल्डोले समग्र प्रतियोगितामा एक गोल गरेका थिए । साथै उनले एक गोलको लअवसर सिर्जना गरेका थिए । पोर्चुगल सो विश्वकपमा अन्तिम १६ बाट बाहिरिएको थियो ।

२०१४ मा ब्राजिल विश्वकपमा भने अर्जेन्टिनाको टोलीमा मेस्सी निकै नै प्रभावशाली खेलाडीको रुपमा मैदानमा उत्रिएका थिए । उनले समुहचरणका प्रत्येक खेलमा गोल गरेका थिए तर नकआउट चरणमा पुगेपछि भने उनको खेल बिग्रिन पुग्यो । उनले अन्तिम १६ मा स्विट्जरल्याण्डको टोलीविरुद्ध गोलको अवसर सिर्जना गरेपछि कुनै गोलको मौका समेत सिर्जना गर्न सकेनन् । यद्यपि अर्जेन्टिना फाइनलमा पुगेको थियो र जर्मनीसँग पराजित भएको थियो ।

रोनाल्डोलाई पनि ब्राजिल विश्वकपमा पोर्चुगललाई माथिल्लो चरणमा पुर्‍याउने दबाब थियो । विश्वको प्रमुख उपाधिहरु जितिसकेका खेलाडीले सो विश्वकपमा महत्वपूर्ण प्रदर्शनको अपेक्षा गरिएको थियो । यद्यपि उनले यो विश्वकपमा एक गोल गरेका थिए भने एक गोलको अवसर सिर्जना गरेका थिए । रोनाल्डोको टोली यो विश्वकपमा समुहचरणभन्दा माथि जान भने सकेन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ