arrow

पुनर्वासमा १५४ क्युफिट काठ बरामद

logo
प्रकाशित २०७५ जेठ ३१ बिहिबार
kath2.jpg

पुनर्वास ।  कञ्चनपुरको दक्षिणी क्षेत्रको पुनर्वास नगरपालिकाको परासनबाट प्रहरी र वन कार्यालयको संयुक्त गस्ती टोलिले १५४.३९ क्युफिट काठ बिहिवार बरामद गरेको छ ।

 पुनर्वासको पुर्वी क्षेत्रमा रहेको परासन स्थित दोदा खोलाको बगरमा लुकाईछिपाई राखेको अबस्था १२ थान गोलिया सालको १५४.३९ क्युफिट काठ बरामद गरिएको ईलाका वन कार्यालयले जनाएको छ ।

सालको गोलिया काठ लुकाई राखेको भन्ने गोप्य सुचनाका आधारमा ईलाका वन कार्यालय, कुण्डा सेकटर वन कार्यालय र ईलाका प्रहरी कार्यालयको संयुक्त टोलिले बेवारिसे अबस्थामा काठ बरामद गरेको जनाएको छ ।

बरामद गरिएको काठ कसले कहाँ बाट ल्याएर लुकाइराखेको हो सो बारे अनुसन्धान भइ रहेको ईलाका वन कार्यालय त्रिभुवनबस्तीका प्रमुख रेशमलाल शर्मा ले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ