arrow

संस्कृतिविद् सत्यमोहन जोशी भन्छन्–विश्वकपको अन्तिम चरण नै हो रोचक 

विश्वकप फुटबल

logo
प्रकाशित २०७५ जेठ ३१ बिहिबार
satye-mohan-joshi.jpg

काठमाडौं। विश्वको ध्यान अहिले रुसमा छ। जहाँ विश्व फुटबलको ऐतिहासिक मेला चल्दै छ, एक महिना। ‘वाङ्मय शताब्दी पुरुष’ एवं संस्कृतिविद् सत्यमोहन जोशीको ध्यान समेत पहिलो पटक विश्वकप आयोजना गर्ने गर्ने सौभाग्य पाएको रुसतिरै तानिएको छ।

जोशी नेपाली भाषा, साहित्य एवम् संस्कृतिबारे मात्रै चिन्तन गर्दैनन्। उनी खेल क्षेत्रलाई पनि यत्तिकै ध्यान दिएर हेर्छन् । तर, फुटबलमा धेरै अभिरुचि भने होईन भन्छन्–उनी। विश्वकप फुटबल भन्नेवित्तिकै उनले सोझै भनिहाले, ‘ए ए रुसमा हुँदैछ हैन’।

हेर्नु पर्छ, उनले अगाडि भने, ‘धेरै बेर टिभिमा हेर्न सक्दिन आँखा दुख्छ। महत्वपूर्ण खेलहरु हेर्छु। विश्वकप रोचक हुने विशेष गरी निर्णायक चरण अर्थात अन्तिम तिरै हो।’ फुटबलको रस परेकाहरु जस्तै कुनै देश वा खेलाडी मन पर्छ ? जवाफमा उनले भने, ‘हेर्ने मात्रै हो, राेज्ने कुरा हामीलाई खासै आवश्यक जस्तो लाग्दैन। बरु त्यसबाट नेपाली खेल जगतले लिने ज्ञान र सिपबारे चाँसो हुनुपर्छ ।’ नेपाली खेल क्षेत्रलाई पनि निकै सुधार्नु पर्नेमा जोड दिन्छन् उनी । 

सानोमा डन्डीवियो खेलेको समेत सम्झिन्छन्–उनी । सानोमा डन्डीवियो कबड्डी खेलियो, उनले अगाडि भने, ‘अब यो उमेरले पनि खाने खेल्ने कुरामा त्यति साथ दिँदैन । आँगनमा बेतबाँसको सोफामा अढेस लागेका संस्कृतिविद् जोशी टेलिभिजन धेरै बेर हेर्न सक्दैनन् । फुटबलको बढी जानकारी उनी पत्रपत्रिकाबाटै लिन्छन् । टेबुलभरी नेपाली, अंग्रेजी दुबैभाषाका ब्रोडसिड पेपरहरु छरिएका थिए । त्यसैबाट उनले रुस विश्वकपबारे बढी थाहा पाएकाे सुनाए । 

ईटरनेटको पहुँचमा भने, छैनन् उनी । ललितपुर महानगरले वाईफाई चल्ने मोबाईल दिएको छ, तर, घरमा ईन्टरनेट भने छैन । सूचनाको भरपर्दो माध्यम जोशीलाई पत्रपत्रिका नै हो । टेलिभिजन धेरै बेर नहेर्ने भएकाले सबै बेला सबै सूचना पाउँदैनन् । घटनाक्रमबारे पुरै जानकारी लिन पत्रपत्रिका कुर्नैपर्छ, उनले ।  

टेलिभिजन पनि ज्ञान, विज्ञान र दर्शनबारेका सन्दर्भ सामाग्री आए हेर्छन् । अहिले टेलिभिजनले नाचगान मात्रै बढी दिने गरेको बताउँदै उनले भने, ‘यो उमेरमा माया पिरती लगाउने र नाचगानमा रुचि हुने कुरै भएन । उनले हाँस्दै भने, ‘मायापिरती लाउने उमेरै पो कहाँ हो र ?’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ