arrow

प्रदेश ७ का तीन जिल्लामा शनिबार टेलीफोन सेवा अबरुद्ध हुने

logo
शैलेन्द्र रोकाया,
प्रकाशित २०७५ असार १ शुक्रबार
nepal-telecom-logo.jpg.jpeg

बझाङ । प्रदेश नम्बर ७ का तीन जिल्लामा नेपाल टेलीकमका सबै सेवा अबरुद्ध हुने भएको छन् ।  प्रदेश नम्बर ७ का पहाडी जिल्ला बझाङ, बैतडी र डडेल्धुरामा शनिबार १२ घण्टा नेपाल टेलिकमको सेवा अबरुद्ध हुने भएको हो ।

 नेपाल विद्युत प्राधिकरण अत्तरीया देखी चमेलीया १३२ के.भी.प्रसारण लाईनलाई स्याउले स्टेशन आयोजनाले लुप ईन ,लुप आउट को सम्झौता  मिलाउने हुँदा शनिबार विहान ७ बजे देखी बेलुका ७ बजे सम्म सेवा अबरुद्ध गर्ने दुर संचार कार्यालय डडेल्धुराले जनाएको छ ।

उक्त काम संचालन गर्दा सटडाउन मा रहँदा अपटिकल डाउन हुने र उक्त अप्टीकल  बाट प्रसारीत टेलीकमका पाटन, पालेथर, खोड्पे,बझाङ तथा डडेल्धुरा जिल्लाका विभिन्न रिपीटर स्टेशनहरुमा नेटवर्क डाउन हुने भएकाले विहान ७ बजे देखी बेलुका ७ बजे सम्म नेपाल टेलीकमका ल्याण्डलाइन,ईन्टरनेट र तथा मोबाईल सेवा अबरुद्ध हुने भएको नेपाल टेलिकम कार्यलय बझाङले जानकारी दिएको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ