arrow

स्नातक पहिलो वर्षको परीक्षा फाराम अब अनलाइनबाटै भर्न सकिने 

दीक्षान्त समारोहमा भाग लिने विद्यार्थीलाई पनि अनलाइनबाट फाराम भराउने तयारी 

logo
प्रकाशित २०७५ असार ४ सोमबार
TU.JPG

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले पाँच क्याम्पसका विद्यार्थीलाइ यसै शैक्षिक सत्रदेखि स्नातक प्रथम वर्षको परीक्षा फाराम अनलाइनबाटै भराउने भएको छ । 

पद्मकन्या बहुमुखी क्याम्पस बागबजार, खाद्य प्रविधि क्याम्पस धरान, पृथ्वीनारायण बहुमुखी क्याम्पस पोखरा, लुम्बिनी वाणिज्य बहुमुखी क्याम्पस बुटवल र कैलाली बहुमुखी क्याम्पस कैलालीका स्नातक प्रथम वर्षका विद्यार्थीलाई परीक्षा फाराम अनलाइनमार्फत भराइने  परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । 
त्रिविले यी पाँच क्याम्पसका विद्यार्थीलाई यसै शैक्षिक सत्रदेखि परीक्षा फाराम अनलाइनमार्फत भराउने त्रिवि परीक्षा नियन्त्रण कार्यालयका सहनियन्त्रक पशुपति अधिकारीले जानकारी दिए  । 

अधिकारीका अनुसार सूचना प्रविधिको विकाससँगै त्रिविलाई पनि सूचनाप्रविधिमैत्री बनाउनका लागि यो व्यवस्था गर्न थालिएको हो । पनिकाले ती क्याम्पसका कर्मचारीलाई अनलाइन फाराम भराउनका लागि आउने शुक्रबार तालीम दिनेछ ।

त्रिविले अन्य क्याम्पसमा पनि अनलाइनबाट परीक्षा फारम भराउने व्यवस्था मिलाउने तयारी थालेको छ ।अब चाँडै स्नातक तह प्रथम वर्षको नै परीक्षा फाराम खोल्ने तयारी त्रिविको छ । यसैगरी त्रिविले यसै वर्षदेखि दीक्षान्त समारोहमा भाग लिने विद्यार्थीलाई पनि अनलाइनबाट फाराम भराउने छ । 

अहिले विद्यार्थीले त्रिवि पनिकामा आएर फाराम भर्ने गरेका छन् । त्रिविले २ साता अघिदेखि एकै दिनमा ट्रान्सक्रिप्ट दिने व्यवस्था पनि सुरु गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ