arrow

विभूषण ग्रहण गर्दा राष्ट्रिय पोशाक लगाउनु पर्ने बाध्यकारी व्यवस्था 

logo
प्रकाशित २०७५ असार ८ शुक्रबार
dress.jpg

काठमाडौं । सरकारले विभूषण ग्रहण गर्दा राष्ट्रिय पोशाक अनिवार्य रुपमा लगाउनु पर्ने बाध्यकारी व्यवस्था ल्याएको छ ।

पहिलो पटक ‘विभूषण सिफारिस कार्यविधि प्रदानसम्बन्धी मापदण्ड २०७५’ जारी गर्दै गृह मन्त्रालयले विभूषण प्राप्त गर्ने पुरुषले दौरासुरुवाल–ढाकाटोपी (कालो भादगाउँले) र कालो जुत्ता तथा महिलाको हकमा साडी–चोलो र जुत्ता लगाउनुपर्ने व्यवस्था ल्याएको हो ।

विभूषण ऐन २०६४ र नियमावली २०६५ अनुसार सरकाले केही साताअघि मात्रै विभूषण सिफारिस कार्यविधि एवं प्रदान सम्बन्धी मापदण्ड २०७५ लागू गर्दै राज्यबाट सम्मान प्राप्त गर्दा निश्चित आधार र मापदण्ड तय गरेको हो । (कारोबार दैनिकबाट)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ